काठमाडौं :अन्तराष्ट्रिय तथा आन्तरिक हवाई उडान आगामी जेठ २ गतेसम्म बन्द रहने भएको छ । कोभिड-१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिको शनिबार बसेको बसेको तत्काल हवाई उडान सुचारु गर्न नसकिने निष्कर्ष निकालेको हो ।
‘हवाई उडानहरु अप्रिल ३० सम्म स्थगित थियो । यसलाई १५ सम्म लम्ब्याउने निर्णय भएको छ, प्रधानमन्त्री कार्यालयका सचिव नारायण विडारीले बताए ।
यसअघि सरकारले वैशाख १८ अर्थात् अप्रिल ३० सम्ममात्र अन्तर्राष्ट्रिय र आन्तरिक उडान स्थगित गर्ने निर्णय गरेको थियो। लकडाउनको निरन्तरता र यसको मोडालिटीबारे छलफल भए पनि यसको विषयमा निर्णय भने मन्त्रिपरिषद् बैठकले गर्ने सचिव विडारीले बताए ।