काठमाडौं : निर्वाचन आयोगमा ‘जनता समाजवादी पार्टी’ दर्ता भएको छ । बिहीबार बिहान निर्वाचन आयोगमा ‘जनता समाजवादी पार्टी’ नामको नयाँ दल दर्ता भएको हो ।
दुवै दलका अध्यक्षसहितका नेताहरु कान्तिपथस्थित आयोगको कार्यालयमा पुगेर पार्टी एकताको औपचारिक जानकारी गराउँदै नयाँ दल दर्ताका लागि निवेदन दिएका थिए । नेताहरुले एकताको जानकारी निर्वाचन आयोगमा गराउँदै एकताको बाँकी प्रक्रिया पछि पूरा गर्ने प्रतिवद्धता जनाएका थिए ।
बुधबार राति समाजवादी र राजपाबीच पार्टी एकता भएको थियो । एकतापछि नयाँ पार्टीको नाम ‘जनता समाजवादी पार्टी’ राखिएको हो ।
झण्डा समाजवादीको र चुनावचिह्न राजपाको प्रयोग गर्ने सहमति भएको छ । नेताहरुको पद बाँडफाँट गरिएको छैन ।
Previous Article
अमेरिकामा ग्रिनकार्ड रोक्ने निर्णय लागु
Next Article