रोकिएन कोरोना संक्रमण अझ भयावह, संक्रमितको संख्या साढे २५ लाख नाघ्यो

काठमाडौं : कोरोना भाइरस (कोभिड(१९) को संक्रमण झन तीव्र बनेको छ । विश्वभर यसबाट संक्रमित हुनेको संख्या साढे २५ लाख नाघेको छ । बुधबार बिहानसम्म विश्वका २५ लाख ५७ हजार एक सय ८१ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ । सोही अवधिसम्म कोरोना भाइरसले विश्वका एक लाख ७७ हजार ६ सय ४१ जनाको ज्यान लिइसकेको छ ।
कुल संक्रमितमध्ये हालसम्म ६ लाख ९० हजार चार सय ४४ जना उपचारपछि निको भएर घर फर्केका छन् । हाल विश्वका विभिन्न अस्पताल तथा घरमै बसेर कोरोना भाइरसका १६ लाख ८९ हजार ९६ जना बिरामी उपचारत छन् । यीमध्ये ५७ हजार २ सय ५४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ भने १६ लाख ३० हजार ८ सय ५ जनाको अवस्था सामान्य रहेको जनाइएको छ ।
नेपालमा हालसम्म ४२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । यीमध्ये पाँच जना उपचारपछि निको भएर अस्पतालबाट घर फर्किसकेका छन् । बाँकीको अहिले उपचार चलिरहेको छ । मंगलबार एकैदिन नेपालमा ११ जना कोरोना भाइरस संक्रमित भेटिएका थिए । नेपालमा भेटिएका कोरोना संक्रमितमध्ये आधाभन्दा बढी उदयपुर जिल्लामा रहेका छन् । नेपालमा पहिलो कोरोना संक्रमित गत माघ ९ गते देखिएका थिए ।
कोरोना भाइरस विश्वमा पहिलोपटक सन् २०१९ डिसेम्बर अन्तिम साता चीनको हुबेइ प्रान्तको राजधानी वुहानमा देखिएको थियो । त्यसयता यो भाइरस विश्वमा २ सय १० देश तथा क्षेत्रमा फैलिसकेको छ ।
कोरोना भाइरसबाट सबैभन्दा प्रभावित देशमा अमेरिका, स्पेन, इटाली, फ्रान्स, जर्मनी, बेलायत, टर्की, इरान, चीन, रुस, ब्राजिल, बेल्जियम, क्यानाडा, नेदरल्याण्ड्स, स्वीट्जरल्याण्ड, पोर्चुगल र भारत रहेका छन् ।
हालसम्म कोरोना भाइरस संक्रमणबाट सबैभन्दा बढीको मृत्यु अमेरिकामा भएको छ भने सबैचभन्दा बढी संक्रमित पनि त्यहीँ देखिएका छन् ।
अमेरिकामा हालसम्म आठ लाख नौ हजार ६ सय १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ, जसमध्ये ४४ हजार ६ सय २३ जनाको मृत्यु भएको छ । स्पेनमा दुई लाख चार हजार क सय ७८ जना कोरोना संक्रमित रहेकोमा २१ हजार २ सय ८२ जनाको मृत्यु भइसकेको छ ।
इटालीमा कोरोना संक्रमितको संख्या १ लाख ८३ हजार ९ सय ५७ पुगेको छ। यीमध्ये २४ हजार ६ सय ४८ जनाको मृत्यु भइसकेको छ। फ्रान्समा कोरोना संक्रमित १ लाख ५८ हजार ५० जना रहेका छन् । जसमध्ये २० हजार ७ सय ९६ जनाको मृत्यु भएको छ ।
जर्मनीमा रहेका १ लाख ४८ हजार ४ सय ५३ जना कोरोना भाइरस संक्रमितमध्ये ५ हजार ८६ जनाको मृत्यु भइसकेको छ । बेलायतम कोरोना भाइरस संक्रमितको संख्या १ लाख २९ हजार ४४ पुगेको छ । यीमध्ये १७ हजार ३ सय ३७ जनाले ज्यान गुमाइसेका छन् ।

0 0 vote
Article Rating

LEAVE A COMMENT

guest
0 Comments
Inline Feedbacks
View all comments