काठमाडौं : कोरोना भाइरसको संक्रमणका कारण विश्वभर ज्यान गुमाउनेको संख्या एक लाख ५४ हजार नाघेको छ । शनिबार बिहानको तथ्यांक अनुसार कोरोना संक्रमणका कारण विश्वभर ज्यान गुमाउनेको संख्या एक लाख ५४ हजार २४९ पुगेको छ ।
सबैभन्दा धेरै अमेरिकामा ३७ हजार १३५ जनाको ज्यान गएको छ । इटालीमा २२ हजार ७४५, स्पेनमा २० हजार दुई, फ्रान्समा १८ हजार ६८१ तथा बेलायतमा १४ हजार ५७६ को कोरोना संक्रमणको कारण ज्यान गइसकेको छ ।
पाँच लाख २४ हजार १९४ कोरोना संक्रमितको अहिले विश्वका विभिन्न देशमा उपचार भइरहेको छ । यसमध्ये ५६ हजार ९६७ जनाको गम्भीर अवस्थामा उपचार भइरहेको छ । बाँकीको अवस्था मध्यम रहेको छ ।
चीनको वुहान सहरबाट कोरोनाको संक्रमण सुरु भए यता अहिलेसम्म विश्वमा २२ लाख ५० हजार ४६३ जनामा यसको संक्रमण देखिसकेको छ ।
नेपालमा कोरोनाले अहिलेसम्म कसैको ज्यान नगए पनि ३० जनामा संक्रमण देखिसकेको छ । एक जना निको भएर घर फर्किसकेका छन् भने बाँकीको सामान्य अवस्थामा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Next Article