कोरोनाले विश्वभर एक लाख ४५ हजार बढीको ज्यान लियो

जेनेभा : कोरोना भाइरसको संक्रमणबाट मुत्यु हुनेको संख्या एक लाख ४५ हजार नाघेको छ । अहिलेसम्म विश्वभर एक लाख ४५ हजार ५५१ जनाको मृत्यु भइसकेको छ ।
कोरोना भाइरसबाट पछिल्लो २४ घण्टामा करिब ७ हजारको ज्यान लिएको छ । पछिल्लो २४ घण्टामा अमेरिकामा दुई हजार १३७ ले ज्यान गुमाउँदा विश्वभरमा ६ हजार ९३६ जनाको ज्यान गएको छ । बेलायतमा पछिल्लो २४ घण्टामा ८६१ जनाले ज्यान गुमाएका छन् ।
पछिल्लो २४ घण्टामा ९३ हजार ५७३ कोरोनाका नयाँ संक्रसमत थपिएका छन् । यसमा अमेरिकामा मात्रै २९ हजार ५० छ । फ्रान्समा १७ हजार १६४ नयाँ संक्रमित २४ घण्टामा थपिएका छन् ।
अहिले विश्वभर १४ लाख ८७ हजार ७५२ कोरोना संक्रमितको उपचार भइरहेको छ । जसमध्ये ५६ हजार ५७७ को अवस्था गम्भीर रहेकोे छ ।
चीनको वुहानबाट कोरोना देखिए यता अहिलेसम्म यसको संक्रमण २१ लाख ७९ हजार ९०५ जनामा देखिसकेको छ ।

0 0 vote
Article Rating

LEAVE A COMMENT

guest
0 Comments
Inline Feedbacks
View all comments