नयाँ दिल्ली : भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या दिनदिनै बढिरहेको छ । कोरोना भाइरसको संक्रमण रोक्नका लागि सरकारले लगातार लकडाउन गरे पनि मुत्यु हुने र संक्रमित हुनेको संख्या दिनदिनै बढिरहेको छ ।
भारतमा अहिलेसम्म चार सय २२ जनाले ज्यान गुमाइसकेका छन् । भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट ४२ जनाको मृत्यु भएको छ ।
भारतको स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार यसबाट संक्रमित हुने मानिसको सख्या पनि १२ हजार तीन सय ८० पुगेको छ ।
भारतको महाराष्ट्र अहिले सबैभन्दा बढी प्रभावित देखिएको छ । महाराष्ट्रमा अहिलेसम्म एक सय ८७ जनाको कोरोना भाइरसको कारण मृत्यु भइसकेको छ भने दुई हजार नौ सय १६ जना संक्रमित भेटिइसकेका छन् । महाराष्ट्रपछि मध्य प्रदेशमा सबैभन्दा बढी ५३ जना मानिसको मृत्यु भएको छ । त्यस्तै गुजरातमा ३३ र दिल्लीमा ३२ जनाको कोरोना भाइरसको कारण मृत्यु भइसकेको छ ।
भारतमा अहिलेसम्म एक हजार पाँच सय आठ जना निको भएर घर फर्किसकेका छन् ।