कोरोना नियन्त्रणमा कांग्रेसको ५० लाख

प्रमुख विपक्षी नेपाली कांग्रेसले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि स्थापित सरकारी कोषमा ५० लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति निकालेर पार्टीका तर्फबाट ५० लाख रुपैयाँ एकमुष्ट जम्मा गर्ने निर्णय भएको जानकारी दिए ।

स्तै, कांग्रेस संसदीय दलको बैठकले पार्टीका संघीय सांसदहरुले १५ दिनको तलब उक्त कोषमा जम्मा गर्ने निर्णय गरेको थियो ।

सत्तारुढ नेकपाका सांसदहरुले पनि कोरोना राहत कोषमा जम्मा हुने गरी १५ दिनको तलब दिने निर्णय गरिहेका छन् ।

0 0 vote
Article Rating

LEAVE A COMMENT

guest
0 Comments
Inline Feedbacks
View all comments