नयाँदिल्ली : कोरोना भाइरसको संक्रमणबाट भारतमा मात्रमृत्यु हुनेको संख्या ६ पुगेको छ ।
आइतबार मुम्बईमा ६ जना र पुणेमा ४ जना गरी महाराष्ट्र राज्यमा थप १० जना नयाँ संक्रमित फेला परेका हुन् । महाराष्ट्रको स्वास्थ्य विभागकाअनुसार ७४ जनामा संक्रमण भेटिएको छ भने १ को मृत्यु भएको छ ।
आधिकारिक तथ्यांकअनुसार भारतमा अहिलेसम्म ६ को मृत्यु भएको छ । नेपालको सिमाना जोडिएको बिहार राज्यमा २ नयाँ संक्रमित फेला परेको र १ को मृत्यु भएको जनाइएको छ । राजधानी पटनाको एम्स अस्पतालमा ती व्यक्तिको मृत्यु भएको हो ।
हालै कतारबाट फर्किएका ती व्यक्तिको शनिबार मृत्यु भएको पुष्टि भएको छ । आइतबार अघि बिहारमा कुनै भाइरस संक्रमित भेटिएको थिएन । यस्तै इटालीको रोमबाट २ सय ६३ जना भारतीय विद्यार्थीलाई भारत पुर्याइएको छ । एयर इन्डियाको एउटा विशेष विमानबाट आइतबार बिहान दिल्ली पुर्याइएको हो। अहिले उनीहरु सबैलाई क्वारेन्टाइनमा राखिएको छ ।