काठमाडौं : कोरोना भाइरस (कोभिड–१९) भित्रिन नदिन हवाई मार्गबाट प्रवेशमा रोक लगाएको सरकारले स्थलमार्गबाट हुने आवतजावत पनि रोक्ने तयारी थालेको छ ।
सरकारले अत्यावश्यकबाहेक मानवीय आवतजावतमा रोक लगाउने तयारी गरेको जनाइएको छ । यसबारे निर्णय भने बिहीबार मात्रै हुन सक्ने स्रोतले जनाएको छ ।
कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले बुधबार मात्र युरोपसहित कोरोना प्रभावित ५५ मुलकबाट हवाई मार्ग हुँदै नेपाल प्रवेशमा रोक लगाएको थियो । भारतबाट आवतजावत नरोकिएपछि यस्तो निर्णय गर्न लागेको जनाइएको छ ।
पछिल्लो समय भारतमा कोरोना संक्रमितको संख्या बढ्नुका साथै धमाधम मृत्यु हुन थालेपछि सरकारले सीमा नाकाहरुमा कडाई सुरु गरेको छ । भारतमा अहिलेसम्म तीन जनाको मृत्यु भएको छ भने दुई सय बढी जनामा संक्रमण भेटिएको छ ।
Previous Article
विश्वविद्यालयका परीक्षा पनि स्थगित
Next Article