काठमाडौं : प्रतिनिधिसभाकी पूर्वउपसभामुख शिवमाया तुम्बाहाङ्फेले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीको जिम्मेवारी पाएकी छन् । उनले सोमबार दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको सपथ लिइन् ।
समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यावदले राजीनामा दिएपछि रिक्त रहेको मन्त्री पदमा तुम्बाहाङ्फेलाई नियुक्त गरिएको हो । उनले उही माघ ६ गते प्रतिनिधिसभाको उससुभामुख पदबाट राजीनामा दिएकी थिइन् ।
संसद सचिवालयकै कर्मचारीमाथि दुर्वव्यवहार गरेको आरोप लागेपछि प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले राजीनामा दिएका थिए । एउटै पार्टीबाट सभामुख र उपसभामुख बन्न नपाउने भएपछि तुम्बाहाङ्फेलाई राजीनामा गर्न लगाएर सत्तारुढ दल नेकपाले अग्नि सापकोटालाई सभामुख बनाएको थियो ।
पहिले राजीनामा नदिई आफैं समामुख बन्ने अडान राख्दै आएकी उनले पार्टीले सापकोटालाई उम्मेदवार बनाउने निर्णय गरेपछि उनले राजीनामा दिएकी थिइन् ।
Previous Article
पूर्वसभामुख महरालाई सफाइ
Next Article