फ्रेन्ड्ससँग एनआरटी स्तब्ध

काठमाडौं : सहिद स्मारक ‘ए’ डिभिजन लिगमा एनआरटीलाई मध्यम टोली फ्रेन्ड्स क्लबले पराजित गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा फ्रेन्ड्सले एनआरटी क्लबलाई २–० गोलले हरायो ।

पहिलो हाफमा राम्रो अवसर बनाए पनि गोलरहित बराबरीमा रोकिएको एनआरटीले दोस्रो हाफको अन्तिमतिर दुई गोल खाएको थियो ।

फ्रेन्ड्सले तीन मिनेटको बीचमा दुई गोल गरेको थियो । फ्रेन्ड्ले ७८औं मिनेटमा खाता खोलेको थियो । फ्रेन्ड्सका सञ्जोग महर्जनले खाता खोले । सञ्जोगले डीबक्स भित्र एनआरटीका रक्षकले बल बचाउन विलम्ब गर्दा भरपूर फाइदा उठाएका थिए । लगत्तै ८१औं मिनेटमा विदेशी खेलाडी वागनर डे कार्मोले गोल गर्दै फ्रेन्ड्सको अग्रता दोब्बर बनाए । वागनरले पनि एनआरटीका रक्षकै गल्तीको फाइदा उठाएका थिए ।

दोस्रो हाफमा पनि गोलका लागि राम्रा मौका पाएको एनआरटी सफल हुन सकेन । एनआरटीको प्रयासमा बाधक बनेका फ्रेन्ड्सका रक्षक असीम भुसाल म्यान अफ दी म्याच भए ।

जितसँगै ११ खेलबाट १४ अंक बनाएको फ्रेन्ड्स नवौं स्थानमा उक्लिएको छ । यसअघि १५ अंक बनाएको एनआरटी सातौं स्थानमा छ ।

0 0 vote
Article Rating

LEAVE A COMMENT

guest
0 Comments
Inline Feedbacks
View all comments