काठमाडौं : साविक विजेता मनाङ मस्र्याङ्दी क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा पहिलो हार बेहोरेको छ ।
सातदोबाटोमा सोमबार भएको खेलमा च्यासल युथ क्लबले मनाङलाई २–० गोलले पराजित ग¥यो ।
एन्फा कम्प्लेक्समा च्यासललाई जित दिलाउन ताइगा नाकामुरा र सन्तोष साहुखलले एक÷एक गोल गरे । खेलको २४ औं मिनेटमा नाकामुराको गोलबाट च्यासलले अग्रता बनाएको थियो । उनले फ्रिकिकबाट गोल गरेका थिए । त्यसपछि खेलको इन्जुरी समयमा सन्तोषले गोल गर्दै च्यासललाई २–० को सहज जित दिलाए ।
च्यासलसँगको हारसँगै मनाङको उपाधि यात्रामा धक्का लागेको छ । लिगको १०औं चरणमा पहिलो हार बेहोरेको मनाङले १० खेलमा १९ अंक जोडेको छ । मनाङ लिगको तेस्रो स्थानमा रहेको छ । मनाङलाई हराएसँगै च्यासलले भने लिगमा तेस्रो जित निकालेको छ । च्यासलले १० खेलमा १२ अंक जोडेको छ । च्यासल लिगको नवौं स्थानमा उक्लिएको छ ।
जाउलाखेलको जीत
जाउलाखेल युथ क्ललले विग्रेड ब्वाइज क्लबलाई पराजित गर्दै शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा जीत हासिल गरेको छ ।
ललितपुरको सातदोबाटोस्थित एन्फा (अखिल नेपाल फुटबल सङ्घ) कम्प्लेक्सको खेलमैदानमा आज सम्पन्न पहिलो खेलमा जाउलाखेलले विग्रेड ब्वाइजलाई १–० गोलअन्तरले पराजित गर्दै जीत हात पारेको हो ।
जाउलाखेलको जीतमा सुजित बुढाथोकी नायक बने । उनले खेलको पहिलो हाफको ३२आँै मिनेटमा गरेको एक गोल नै जाउलाखेलका लागि निर्णायक गोल साबित भयो । यस खेलसँगै १० खेल पूरा गरेको जाउलाखेलले १५ अङ्क बटुलेको छ । समान खेल खेलेको व्रिगेड ब्वाइजको भने आठ अङ्क छ ।