साइक्लिङका स्वर्ण विजेता सम्मानित

१३औं दक्षिण एसियाली खेलकुद (साग)  का स्वर्ण पदक जित्ने चारजना साइक्लिङ खेलाडीलाई अन्नपूर्ण मिडिया नेटवर्कले नगद पुरस्कारसहित सम्मान गरेको छ। १३ औं दक्षिण एसियाली खेलकुदका  स्वर्ण विजेतालाई शनिबार साइकल र्‍याली कार्यक्रमको अवसरमा नगदसहित सम्मान गरिएको हो।

गत मंसिर १५ देखि २४ गतेसम्म भएको १३ औं सागमा बुद्धिबहादुर तामाङ र लक्ष्मी मगरले क्रस कन्ट्री तथा राजेश मगर र निश्मा श्रेष्ठले डाउन हिल स्पर्धामा स्वर्ण पदक जितेका थिए। नेपालले सागको साइक्लिङमा स्वर्ण पदक जितेको यो पहिलो पटक हो ।

0 0 vote
Article Rating

LEAVE A COMMENT

guest
0 Comments
Inline Feedbacks
View all comments