बालुवाटार जग्गा प्रकरण : ४० बढीलाई कारवाही सिफारिस

काठमाडौं : बालुवाटारको ललिता निवासले चर्चेको एक सय १४ रोपनी जग्गा हिनामिना प्रकरणमा प्रहरीले ४० जनाभन्दा बढीलाई कारवाही गर्न सिफारिस गरेको छ । राजनीतिक दलका नेतालाई जोगाएको प्रहरीले पूर्वमुख्य सचिव एवं हाल चीनका लागि नेपाली राजदूत लीलामणि पौडेलसहितलाई कारवाहीका लागि सिफारिस गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले कीर्ते गरेर नक्कली मोही खडा गरी सरकारी सम्पत्तिमा हानी पु¥याएको निष्कर्ष निकाल्दै कारबाही सिफारिस गरेको हो । ब्युरोले गरेको अनुसन्धान प्रतिवेदन प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनाल र प्रहरी नायब महानिरीक्षक (डीआईजी) निरजबहादुर शाहीले गृह मन्त्रालयमा बुझाइसकेका छन् ।

स्रोतका अनुसार पूर्वसचिव शारदाप्रसाद त्रिताल नेतृत्वको छानविन समितिको प्रतिवेदनको जस्तै निष्कर्ष ब्युरोले निकालेको छ । सीआईबीले कारबाही सिफारिस गरेकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यात, पूर्वसचिव छविराज पन्त, दिनेशहरि अधिकारी, पूर्वसहसचिव कलाधर देउजा, गेहनाथ भण्डारी र सुधीर शाह छन् ।

यस्तै, मुख्य योजनाकार भनिएका डा. शोभाकान्त ढकाल, रामकुमार सुवेदी, भाटभटेनी सुपर मार्केटका मीनबहादुर गुरुङ, तत्कालीन मालपोत अधिकृत हुपेन्द्रमणि केसी, भोगाधिकारी रुक्मशमशेर राणा, हेमाद्री राणा, गेहनाथ भण्डारीलाई पनि कारबाही गर्नुपर्ने भनिएको छ ।

सीआईबीले उनीहरुमाथि कीर्ते जालसाँझी, सरकारी सम्पत्ति हिनामिना र ठगीको कसूर अन्तरगत कारवाही अघि बढाउन भनेको छ ।
सरकारले २८ फागुन ०७५ मा जग्गा हडप्नेमाथि अनुसन्धान गर्न भन्दै तीन महिनाको समय दिएको थियो । त्यसपछि १२ असार र २२ भदौमा गरेर दुईरदुई महिना अनुसन्धानका लागि समय थप भएको थियो ।

0 0 vote
Article Rating

LEAVE A COMMENT

guest
0 Comments
Inline Feedbacks
View all comments