धरौटीमा रिहा भइन आस्था

काठमाडौं : गायिका आस्था राउत रिहा भएकी छन् । चार हजार धरौटीमा मंगलबार दिउँसो प्रहरीले राउतलाई छोडेको हो । सोमबार पक्राउ परेकी गायिका राउतलाई चार दिन थुनामा राख्न जिल्ला प्रशासन कार्यालयले प्रहरीलाई अनुमति दिएको थियो ।

प्रहरी परिसर टेकुमा गायिका राउतमाथि अभद्र व्यवहार सम्बन्धी कसुरमा किटानी जाहेरी परेको थियो । प्रहरीले अनुसन्धानका लागि एक साताको समय मागे पनि प्रशासनले चार दिनको समय दिएको थियो ।

सामाजिक सञ्जालमा भने राउतको पक्ष र विपक्षमा वाद विवाद हुँदैआएको छ । सोमबार प्रहरी नियन्त्रणमै रहँदा राउतले आफूलाई प्रहरीले सहयोग नै गरेको प्रतिक्रिया दिएकी थिइन् ।

अघिल्लो साता गायिका राउतले त्रिभुवन विमानस्थलमा प्रहरीसँग वादविवाद भएको घटनालाई भिडिओ बनाएर सार्वजनिक गरेकी थिइन् । सोही घटनालाई लिएर सामाजिक सञ्जालमा समेत उनको पक्ष र विपक्षमा विवाद भएको हो ।

0 0 vote
Article Rating

LEAVE A COMMENT

guest
0 Comments
Inline Feedbacks
View all comments