मनाङको बराबरीले मछिन्द्र शीर्ष स्थानमा

काठमाडौं : मछिन्द्र फुटबल क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । दशरथ रंगशालामा शनिबार भएको खेलमा मछिन्द्रले जाउलाखेल युथ क्लबलाई १–० गोलले हरायो ।

मछिन्द्रको जितमा विशाल राईले गोल गरे । विशालले ३१औं मिनेटमा गरेको गोल नै निर्णायक बनेको थियो । जासी सिजनमा मनाङका सात जना स्टार खेलाडीलाई टोलीमा अनुबन्ध गरेको मछिन्द्रले राम्रो प्रदर्शन गरिरहेको छ ।

लिग च्याम्पियन बन्ने लक्ष्यमा रहेको मछिन्द्र अघिल्लो खेलमा भने मनाङसँग बराबरीमा रोकिएको थियो । मछिन्द्रका पिटर सेगुन म्यान अफ दी म्याच भए । उनले १० हजार रुपैयाँ पुरस्कार पाए । जितसँगै मछिन्द्रले ६ खेलबाट १३ अंक बनाएको छ । नौ अंक बनाएको जाउलाखेल पाँचौं स्थानमा छ ।

यसैगरी दशरथ रंगशालामा शनिबार नै भएको अर्को खेलमा साविक विजेता मनाङ मस्र्याङ्दी क्लब र हिमालयन शेर्पा क्लबले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । यस बराबरीले मनाङको उपाधि यात्रामा केही धक्का लागेको छ । १० खेलाडीमा समेटिएको मनाङलाई शेर्पाले कडा टक्कर दिएको थियो । खेलमा दुवै टोलीले लगातार गोल गर्ने अवसर बनाए पनि सफल हुन सकेनन् ।

शेर्पाका उलरिच सिवे म्यान अफ दी म्याच भए । उनले १० हजार रुपैयाँ पुरस्कार पाए । बराबरीसँगै मनाङले ६ खेलबाट १२ अंक बनाएको छ । मनाङ तेस्रो स्थानमा छ । एक खेल कम खेलेको आर्मी १२ अंकसहित दोस्रो स्थानमा छ । चार अंक बनाएको शेर्पा ११औं स्थानमा छ ।

0 0 vote
Article Rating

LEAVE A COMMENT

guest
0 Comments
Inline Feedbacks
View all comments