लण्डन : राजदरबारको जिम्मेवारी त्यागेपछि बेलायती राजकुमार ह्यारीकी पत्नी मेघन क्यानडा फर्किएकी छन् ।
उनी आफ्नो छोरासँग भेट्न र समय बिताउन त्यहाँ गएको बताइएको छ । स्थानीय मिडियाका अनुसार रानी एलिजाबेथ र अन्य बरिष्ठ बेलायती राजदरबारका अधिकारीले आन्तरिक संकटलाई शान्त बनाउने पहल गरिरहेका छन् ।
गत वर्षको अन्त्यतिर ह्यारी दम्पतीले बेलायत फर्कनुअघि क्यानडामा ६ हप्ता सँगै बिताएका थिए । ह्यारी र मेघनको साथमा छोरा आर्की छन् ।
गत अक्टोबरमा यो जोडीले दरबारबाट बाहिरिने अभिव्यक्ति दिएको थियो । साथै मिडिया र दरबारबाट दिक्क भएको भन्दै विवादास्पद अभिव्यक्ति दिएको थियो । साथै ह्यारीले बेलायत नै छाड्ने भनी सार्वजनिक रुपमा घोषणा गरेका थिए ।