संयमता अप्नाउन म्यार्कों र पुटिनको आग्रह

पेरिस : इरानका एक जना उच्च तहका कमाण्डर मारिएपछि हिंसा थप भड््किन नदिन फ्रान्सका राष्ट्रपति एम्मानुएल म्यार्कों र उहाँका रुसी समकक्षी म्लादिमिर पुटिनले शुक्रबार फोनवार्ता भएको छ ।

इरानका सवै पक्ष विपक्षलगायत राष्ट्रिय र अन्तरराष्ट्रियस्तरमा नै संयमता अप्नाउन उहाँहरुले आह्वान गर्नुभएको छ ।

खतरनाक घटना हुन नदिनका लागि छिमेकी देशसँग निरन्तर सम्पर्कमा र नजिक रहेर संयमताका लागि उहाँहरुले आग्रह गर्नु भएको बताइएको छ ।

दुई नेताबीचको शुक्रबारको वार्तामा पछिल्लो परिस्थितिको छलफल भएको बताइएको छ । राष्ट्रपति म्यार्कों सन् २०१५ मा परमाणु सम्झौतामा हस्ताक्षर भएको बारेमा थप समन्वय गर्न आवश्यक रहेको बारे जोड दिनुभएको थियो ।

केहीदिन अघि बग्दादस्थित अमेरिकी दूतावासमा आक्रमण भएपछि इराक, इरान र अमेरिकाकाबीचमा विबाद थप चर्किदै गएको छ । अमेरिका र इरानका शिर्ष नेताले एक अर्कोलाई चेतावनी दिने गरेका छन् ।

0 0 vote
Article Rating

LEAVE A COMMENT

guest
0 Comments
Inline Feedbacks
View all comments