महासङ्घको वरिष्ठ उपाध्यक्षमा ढकालको उम्मेदवारी 

काठमाडौ : उद्यमी चन्द्रप्रसाद ढकालले नेपाली उद्योगीको छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासङ्घको वरिष्ठ उपाध्यक्ष पदमा आज उम्मेदवारी घोषणा गर्नुभएको छ । उहाँले आज आफ्नो गृह जिल्ला बाग्लुङमा आयोजित बाग्लुङ महोत्सवको क्रममा महासङ्घको वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्नुभएको हो ।

महासङ्घको विधानअनुसार वरिष्ठ उपाध्यक्ष नै अध्यक्ष हुने प्रावधान छ । हालका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा महासङ्घको आगामी साधारणसभाबाट अध्यक्ष हुने क्रममा हुनुहुन्छ । ढकाल अहिले महासङ्घमा वस्तुगततर्फबाट उपाध्यक्ष हुनुहुन्छ । उहाँले महासङ्घको आगामी चैतमा हुने निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिने तयारी गर्नुभएको हो ।

ढकाल हाल नेपाल उद्योग वाणिज्य महासङ्घको उपाध्यक्ष तथा रोजगारदाता परिषद्को सभापति छन् । ढकाल आईएमई समूह, ग्लोबल आईएमई बैंक र चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष एवं लगानी बोर्डका आमन्त्रित सदस्यसमेत हुनुहुन्छ ।

0 0 vote
Article Rating

LEAVE A COMMENT

guest
0 Comments
Inline Feedbacks
View all comments