कुमिन्स आइपीएलका महंगा खेलाडी

काठमाडौं : इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको अक्सनबाट अस्ट्रेलियाका प्याट कुमिन्स महँगो मूल्यमा बिक्री भएका छन् । कुमिन्सलाई कोलकत्ता नाइट राइडर्सले १५.५ करोड भारुमा अनुबन्ध गरेको छ ।
कोलकत्तामा करोड मूल्यमा अनुबन्धित भएसँगै कुमिन्स आईपीएलको सर्वाधिक महंगा विदेशी खेलाडी बनेका छन् ।
यसैगरी अक्सनबाट अस्ट्रेलियाकै ग्लेन म्याक्सवेललाई किङ्स इलाभेन पन्जाबले १०.७५ करोड भारुमा अनुबन्ध गरेको छ ।
इंग्ल्यान्डका इयान मोर्गन ५.२५ लाख भारुमा कोलकत्तामा अनुबन्धित भएका छन् । क्रिस लिनलाई २०० लाख भारुमा मुम्बईले अनुबन्ध गरेको छ ।
चेन्नईले साम करनलाई ५.५ करोड भारुमा अनुबन्ध गरेको छ ।

0 0 vote
Article Rating

LEAVE A COMMENT

guest
0 Comments
Inline Feedbacks
View all comments