जाडोमा उच्च रक्तचापको खतरा

काठमाडौं : चिसो मौसममा उच्च रक्तचापको समस्याले पिरोल्ने हुँदा सचेत रहन मुटुरोग विशेषज्ञहरुको सुझाव छ । वरिष्ठ मुटुरोग विशेषज्ञका अनुसार जाडोमा मुटु एवं रक्तनलीसम्बन्धी समस्या बढी देखिने गरेको छ । चिसो मौसममा मुटुको धड्कन छिटो चल्छ । जसको प्रभावले शरीरको तापक्रम घट्न थाल्छ । त्यस्तो अवस्थामा मुटुको धड्कन छिटो चल्नुपर्ने हुन्छ । तातो तापक्रम उत्पादनका लागि छिटोछिटो चल्दा मुटुमा दबाब पर्छ । मुटु कमजोर छ भने हर्ट फेलियरको अवस्था निम्तिन सक्छ ।
चिकित्सकका अनुसार मुटुका रक्तनली जाडोको प्रभावमा एकाएक खुम्चिन सक्छन् । यसरी खुम्चिन पुगेको अवस्थामा हृदयाघातसमेत हुन सक्छ ।
चिसो मौसममा रगत जम्ने प्रक्रियामा पनि वृद्धि हुन्छ । यसले पनि हृदयाघातको सम्भावना बढाउँछ । रक्तनलीभित्र कोलेस्टेरोल जमेर हृदयाघात पनि गराउन सक्छ । त्यसैले चिसो मौसममा घरबाहिर निस्कँदा चिसोको असरले हृदयाघात वा मस्तिष्कघात हुने जोखिम बढ्छ । घरभित्र न्यायो वातावरणबाट चिसो वातावरणमा निस्कँदा ख्याल गर्नुपर्ने चिकित्सकको सुझाव छ ।
टाउको, घाँटी, छाती, हात र खुट्टाबाट चिसो शरीरभित्र प्रवेश गर्छ । टोपी, गलबन्दी वा पछ्यौरी लगाउँदा चिसो छिर्न पाउँदैन । बालबालिकालाई भोटो लगाइदिन सकिन्छ । शरीरभित्र चिसो छिर्न पाउँदैन र शरीरभित्रको तापक्रम पनि यथावत् रहन्छ । त्यस्तै, कोठाको तापक्रम पनि तातो बनाइराख्नुपर्ने चिकित्सक बताउँछन् ।

0 0 vote
Article Rating

LEAVE A COMMENT

guest
0 Comments
Inline Feedbacks
View all comments