मंसिर २८ बाट ए डिभिजन लिग

काठमाडौं : सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल मंसिर २८ गतेबाट सुरु हुने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंसिर २८ गतेबाट सुरु हुने लिगको शुक्रबार खेलतालिका सार्वजनिक गरेको छ।

एन्फाले सार्वजनिक गरेको तालिकाअनुसार पहिलो खेलमा मच्छिन्द्र फुटबल क्लब र ब्रिगेड ब्वाइज क्लबबीच प्रतिस्पर्धा हुनेछ। पहिलो दिन एउटा मात्रै खेल हुनेछ भने त्यसपछि हरेक दिन दुई खेल हुनेछ। एन्फाले शुक्रबार पहिलो चरणको खेलतालिका मात्रै सार्वजनिक गरेको हो।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने लिग फागुन ३ गतेसम्म सञ्चालन हुनेछ। लिगमा १४ क्लबले प्रतिस्पर्धा गर्नेछन्। जसमा कुल ९१ खेल हुनेछ। हरेक राउन्डमा सात खेल हुनेछ। लिगको शीर्ष टोलीले उपाधि जित्नेछ।

यस पटकको लिग रेलिगेसनसहितको हुनेछ। एन्फाले गत वर्ष आयोजना गरेको रेलिगेसनबिनाको लिगको उपाधि मनाङ मस्र्याङ्दी क्लबले जितेको थियो।

0 0 vote
Article Rating

LEAVE A COMMENT

guest
0 Comments
Inline Feedbacks
View all comments