नेपाली काङ्ग्रेसकी नेत्री सुजाता कोइरालाले काङ्ग्रेस आगामी निर्वाचनमा पहिलो शक्ति बन्ने जिकिर गर्नुभएको छ । पत्रकारसँग आज कुराकानी गर्दै उहाँले काङ्ग्रेसलाई कमजोर सम्झनु मुर्खता भएको दावी गर्नुभयो । उहाँले प्रजातन्त्रमा विवाद हुन्छ, गुटउपगुट हुन्छ तर जनतालाई दुःख पर्दा काङ्ग्रेस एक ठाउँमा हुने गरेको बताउनुभयो । काङ्ग्रेस मिलेर जाँदा कुनै शक्तिले पनि जित्न नसक्ने कोइरालाले दाबी गर्नुभयो । निर्वाचनपछि काङ्ग्रेस बलियो बन्दै गएको बताउँदै उहाँले भन्नुभयो, “जुन अवस्थामा काङ्ग्रेस थियो, त्यही अवस्थामा काङ्ग्रेसलाई फर्काउने प्रयत्नमा हामी रहेका छौँ ।”
काङ्ग्रेस बलियो शक्ति बन्न सक्छ
नेपालमाला
१७ कार्तिक २०७६, आईतवार