समाचार Archives | Page 92 of 122 | नेपालमाला

 

भारतबाट फर्किएर क्वारेन्टिनमा बसेका एक व्यक्तिको मृत्यु

बैतडी : भारतबाट फर्किएकै दिन बैतडीमा एक व्यक्तिको मृत्यु भएको छ । जिल्लाको पाटन नगरपालिका–६ स्थित भीमदत्त प्राविधिक शिक्षालय क्वारेन्टिनमा बसेका सोही वडाको सन्तोली घर भएका ३१ वर्षीय पुरुषको शनिबार राति मृत्यु भएको प्राथमिक स्वास्थ्य केन्द्र पाटनका स्वास्थ्य सहायक प्रेमसागर…

नेपालमा सलह किराको संकट ट¥यो

काठमाडौं : नेपालको पश्चिमी सीमाबाट छिर्ने प्रयासमा रहेका सलह किराको संकट तत्काललाई टरेको छ। कृषि तथा पशुपक्षी विकास मन्त्रालयले विनाशकारी फट्यांग्रा भारतबाट नेपालमा तत्कालका लागि प्रवेश गर्न नसक्ने दाबी गरेको छ। मन्त्रालयअन्तर्गतको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका अनुसार सलह…

कोरोनाबाट कर्णालीमा तीनको मृत्यु

सुर्खेत : कर्णाली प्रदेशमा हालसम्म कोरोना भाइरसको सङ्क्रमणबाट तीनजनाको मृत्यु भएको छ । मृतकहरुमा दैलेख, सुर्खेत र डोल्पाका एक÷एक जना ३५ र २० वर्षीय दुई युवा रहेका छन् भने एकजना ५८ वर्षीय पुरुष रहेका छन् । कर्णालीमा कोरोना सङ्क्रमणबाट मृत्यु…

सुदूरपश्चि प्रदेशमा स्वाब सङ्कलन स्थगित

कञ्चपुर : सुदूरपश्चिममा कोरोना भाइरस परीक्षणका लागि थ्रोट स्वाब सङ्कलन स्थगन गरिएको छ । धनगढीको एक मात्रै प्रयोगशालामा क्षमताभन्दा बढी स्वाबका नमूना परीक्षणका लागि आउन थालेपछि पाँच दिनका लागि स्वाब सङ्कलन कार्य स्थगन गरिएको हो । पिसीआर प्रयोगशालाको दैनिक जाँच…

बागमती प्रदेशको नीति तथा कार्यक्रम : स्वास्थ्यलाई प्राथमिकता

हेटौँडा : वागमती प्रदेशको आर्थिक वर्ष २०७७÷७८ को नीति तथा कार्यक्रममा प्रदेशको स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखिएको छ । कोरोनाले महामारीको रूप लिएपछि वाग्मती सरकारले बजेटमा समावेश गर्न यस्तो नीति तथा कार्यक्रम ल्याएको हो । वाग्मती प्रदेश सरकारले सङ्घीय सरकार र…

अस्ट्रेलियाका नेपाली युवाले बनाए लकडाउनमा उपयोगी एप

काठमाडौं : अस्ट्रेलियामा बस्दै आएका नेपाली युवाहरुले ‘आइकनफेस’ नामक एक एप सञ्चालनमा ल्याएका छन् । लकडाउनको समयमा घरमै बसिरहेका मानिसलाई लक्षित गर्दै उनीहरुले यो एप सञ्चालनमा ल्याएका हुन् । युवाहरुको संस्था असनेप आइटी सोलुसनले यो एपको विकास गरेको हो ।…

चन्द्रग्रहण नेपालबाट नदेखिने

काठमाडौँ : नेपाल पञ्चाङ्ग निर्णायक समितिले आज राति लाग्ने चन्द्रग्रहण नेपालबाट नदेखिने जनाएको छ । जल, अन्तरक्ष एवं पृथ्वीका विभिन्न भागबाट देखिने फरकफरक किसिमका ग्रहण हुन्छन् । ज्येष्ठ शुक्ल पूर्णिमा अर्थात् आज राति देखिने ग्रहण नेपालबाट नदेखिने भएकाले यसलाई बार्नु…

क्वारेन्टिनमा मृत्यु भएका युवामा कोरोना सङ्क्रमण

सुर्खेत  :  क्वारेन्टिनबाट घर फर्केपछि मृत्यु भएका पश्चिम सुर्खेतका युवकमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । बिहीबार बिहान होम क्वारेन्टिनमा मृत्यु भएका पञ्चपुरी नगरपालिका–१ का २० वर्षीय युवकको मृत्युपछि पिसीआर परीक्षण गरिएको थियो । प्रदेश अस्पताल पशुपक्षी रोग अन्वेषण प्रयोगशाला…

शनिबारसम्म देशको अधिकांश स्थानमा वर्षा हुने

काठमाडौँ :  अरब सागरमा बनेको ‘निसर्ग’ चक्रवात कमजोर भइ बनेको न्यून चापीय क्षेत्रको प्रभावसँगै स्थानीय र पश्चिमी वायुको प्रभावले देशको अधिकांश स्थानमा शनिबारसम्म वर्षा हुने भएको छ । यी तीन प्रणाली सक्रिय अवस्थामा रहेकाले शनिबारसम्म देशका अधिकांश भूभागमा वर्षाको सम्भावना…

‘व्यायाम र सरसफाइमा ध्यान दिए कोरोनालाई जित्न सकिन्छ’

खोटाङ  : कोरोना सङ्क्रमण देखिएपछि अस्पताल भर्ना हुनुभएका हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका २० वर्षीय गिपेन्द्र राई घरफर्कनु भएको छ । गत जेठ ६ गते पिसीआर परीक्षणका क्रममा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको भोलिपल्टै उपचारका लागि कोभिड अस्पताल विराटनगरमा भर्ना हुनुभएका…

एसइईबारे एकसाताभित्र निर्णय हुन्छ : शिक्षामन्त्री

काठमाडौँ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले माध्यमिक शिक्षा परीक्षा कक्षा १० ९एसइई०, कक्षा ११ र १२ को परीक्षाका बारेमा एक साताभित्र निर्णय गरिने जानकारी दिएका छन् । बिहीबार आयोजना गरिएको भर्चुअल संवादमा शिक्षामन्त्री पोखरेलले ती परीक्षाका विषयमा विभिन्न…

सामाजिक दूरी कायम राखेर देशभरका पसल खोलियो

काठमाडौँ : नेपाल राष्ट्रिय व्यवसायी महासङ्घले सामाजिक दूरी कायम राखेर आजदेखि देशैभरका पसल खोल्ने भएको छ । महासङ्घले बुधबार साँझ एक विज्ञप्ति जारी गरी ७२ दिनदेखि जारी बन्दाबन्दीका कारण उद्योग तथा व्यवसाय ठप्प हुँदा घरभाडा, बैंकको किस्ता, कर्मचारीको तलब भुक्तानीमा…

चक्रवातको प्रभाव : देशभर बदलीसँगै वर्षा

काठमाडौँ :  चक्रवात ‘निसर्ग’ को प्रभावले आगामी तीन दिन देशभर बदलीसँगै वर्षाको सम्भावना देखिएको छ । अरब सागरको दक्षिणपूर्वी भूभागमा बुधबारदेखि विकसित भएको ‘निसर्ग’ चक्रवातको अप्रत्यक्ष प्रभाव नेपालमा पनि पर्ने मौसमविद् शान्ति कँडेलले बताउनुभयो । उक्त चक्रवातको असर नेपालमा शुक्रबार…

तेह्रथुममा पनि देखियो कोरोना सङ्क्रमण

तेह्रथुम : आठराइ गाउँपालिकाका–२ जनामा बुधबार कोरोना भाइरस कोभिड–१९ पुष्टि भएको छ । आठराई गाउँपालिका–४ का २० वर्षीय युवती र सशस्त्र प्रहरी बल सुरक्षा बेसक्याम्प सङ्क्रान्तिमा कार्यरत २९ वर्षीय प्रहरी जवानमा कोरोना भाइरस पुष्टि भएको प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपानेले…

महाकाली अस्पतालको आइसोलेसन सङ्क्रमितले भरिभराउ

कञ्चनपुर :  कञ्चनपुरको भीमदत्तनगरमा रहेको महाकाली अस्पतालको आइसोलेसनकक्ष कोरोना भाइरस (कोभिड १९) का बिरामीले भरिभराउ भएको छ । बीस जना क्षमताको आइसोलेसनमा १५ कोरोना सङ्क्रमित भर्ना गरिएका छन् । एक जना आरडिटी पोजेटिभलाई आइसोलेसनमा राखिएको छ । मङ्गलबारदेखि कोरोना सङ्क्रमितको…

चन्द्रागिरिमा अत्यावश्यक सेवाका पसल बिहान खोल्न पाइने

काठमाडौँ : चन्द्रागिरि नगरपालिकामा अत्यावश्यक सामग्रीका पसल बिहान ५ देखि १२ बजेसम्म सञ्चालन गर्न पाइने भएको छ । पछिल्लो समय नेपालमा तीव्ररूपमा फैलँदै गएको कोरोना भाइरसको सम्भावित सङ्क्रमणलाई ध्यानमा राखेर चन्द्रागिरि नगरपालिकाको मङ्गलबार बसेको नगर कार्यसमितिको बैठकले सामाजिक दूरी कायम…

दाङमा युएस–३१२ धानको बीउ अभाव 

नारायणपुर  : कोरोना सङ्क्रमण नियन्त्रणका लागि सरकारले गरेको बन्दाबन्दीका कारण बजारमा अत्यधिक माग हुने धानको बीउको अभाव देखिएको छ । अहिले दाङ जिल्लामा युएस ३१२ हाइब्रिड धानको बीउ कृषकको रोजाइँमा पर्ने गरेको छ । अन्य धानको तुलनामा छिटो पाक्ने, पानी…