कास्की : गण्डकी प्रदेशमा कोरोना भाइरसबाट सङ्क्रमण हुनेको सङ्ख्या १४५ पुगेको छ । प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले आज बिहान जारी गरेको विज्ञप्तिअनुसार पछिल्लोपटक थप एक जनामा कोरोना पुष्टि भएको हो । नवलपरासी (बर्दघाट सुस्तापूर्व), देवचुली नगरपालिका स्थायी ठेगाना भई सोही…
रुपन्देहीमा पाँच जनाको विभत्स हत्या
बुटवल : रूपन्देहीको तिलोत्तमा नगरपालिका–१० कान्छीबजार नजीकै मैनहवा गाउँमा गए राति एक व्यक्ति सामूहिक हत्या गरेर फरार भएका छन् । स्थानीय एक गाई फाराममा काम गर्ने मजदूरमध्ये एक जनाले आफ्नै समूहका अन्य पाँच जनालाई धारिलो हतियार प्रहार गरी सामूहिक हत्या…
नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १४ पुग्यो
काठमाडौं : नेपालमा कोरोना भाइरसका कारण थप १ जनाको मृत्यु भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार सोमबार १ जनाको कोरोनाकै कारण मृत्यु भएको पुष्टि भएको हो।यो सँगै मृत्यु हुनेको संख्या १४ पुगेको छ। स्याङ्जाका एक पुरुषको…
दाङका १० जनाले जिते कोरोना
तुलसीपुर : दाङस्थित कोरोना विशेष अस्पताल बेलझुण्डीबाट १० सङ्क्रमित आज कोरोना जितेर घर फर्केका छन् । अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा सर्वेश शर्माका अनुसार बाँकेका पाँच, कपिलवस्तु र दाङका दुईदुई तथा बर्दियाका एक जना घर फर्किएका हुन् । तीमध्ये केहीलाई कोरोना…
कूटनीतिक उडानबाहेक सबै चार्टर्डमा रोक
काठमाडौँ : नागरिक उड्डयन प्राधिकरण (क्यान) ले कूटनीतिक माध्यमबाट हुने चार्टर्ड उडानबाहेक सबै उडानमाथि रोक लगाएको छ । प्राधिकरणको सो निर्णयले सबैभन्दा बढी असर राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को चार्टर्ड उडानलाई असर पु¥याएको जनाइएको छ । निगमले…
सुदूरपश्चिममा कोरोना परीक्षणमा ढिलाइ
भीमदत्तनगर : प्रयोगशालाको कमी तथा आवश्यक जनशक्ति अभावका कारण सुदूरपश्चि प्रदेशमा कोरोना परीक्षणमा ढिलाइ हुन थालेको छ । पिसीआर विधिबाट धनगढीमा प्रयोगशालाबाट कोरोना परीक्षण हुँदै आएको भए पनि स्वाब सङ्कलन धेरै भएकाले पाँच दिनका लागि नमूना सङ्कलन स्थगन गरिएको छ…
भारतबाट फर्किएर क्वारेन्टिनमा बसेका एक व्यक्तिको मृत्यु
बैतडी : भारतबाट फर्किएकै दिन बैतडीमा एक व्यक्तिको मृत्यु भएको छ । जिल्लाको पाटन नगरपालिका–६ स्थित भीमदत्त प्राविधिक शिक्षालय क्वारेन्टिनमा बसेका सोही वडाको सन्तोली घर भएका ३१ वर्षीय पुरुषको शनिबार राति मृत्यु भएको प्राथमिक स्वास्थ्य केन्द्र पाटनका स्वास्थ्य सहायक प्रेमसागर…
नेपालमा सलह किराको संकट ट¥यो
काठमाडौं : नेपालको पश्चिमी सीमाबाट छिर्ने प्रयासमा रहेका सलह किराको संकट तत्काललाई टरेको छ। कृषि तथा पशुपक्षी विकास मन्त्रालयले विनाशकारी फट्यांग्रा भारतबाट नेपालमा तत्कालका लागि प्रवेश गर्न नसक्ने दाबी गरेको छ। मन्त्रालयअन्तर्गतको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका अनुसार सलह…
कोरोनाबाट कर्णालीमा तीनको मृत्यु
सुर्खेत : कर्णाली प्रदेशमा हालसम्म कोरोना भाइरसको सङ्क्रमणबाट तीनजनाको मृत्यु भएको छ । मृतकहरुमा दैलेख, सुर्खेत र डोल्पाका एक÷एक जना ३५ र २० वर्षीय दुई युवा रहेका छन् भने एकजना ५८ वर्षीय पुरुष रहेका छन् । कर्णालीमा कोरोना सङ्क्रमणबाट मृत्यु…
सुदूरपश्चि प्रदेशमा स्वाब सङ्कलन स्थगित
कञ्चपुर : सुदूरपश्चिममा कोरोना भाइरस परीक्षणका लागि थ्रोट स्वाब सङ्कलन स्थगन गरिएको छ । धनगढीको एक मात्रै प्रयोगशालामा क्षमताभन्दा बढी स्वाबका नमूना परीक्षणका लागि आउन थालेपछि पाँच दिनका लागि स्वाब सङ्कलन कार्य स्थगन गरिएको हो । पिसीआर प्रयोगशालाको दैनिक जाँच…
बागमती प्रदेशको नीति तथा कार्यक्रम : स्वास्थ्यलाई प्राथमिकता
हेटौँडा : वागमती प्रदेशको आर्थिक वर्ष २०७७÷७८ को नीति तथा कार्यक्रममा प्रदेशको स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखिएको छ । कोरोनाले महामारीको रूप लिएपछि वाग्मती सरकारले बजेटमा समावेश गर्न यस्तो नीति तथा कार्यक्रम ल्याएको हो । वाग्मती प्रदेश सरकारले सङ्घीय सरकार र…
अस्ट्रेलियाका नेपाली युवाले बनाए लकडाउनमा उपयोगी एप
काठमाडौं : अस्ट्रेलियामा बस्दै आएका नेपाली युवाहरुले ‘आइकनफेस’ नामक एक एप सञ्चालनमा ल्याएका छन् । लकडाउनको समयमा घरमै बसिरहेका मानिसलाई लक्षित गर्दै उनीहरुले यो एप सञ्चालनमा ल्याएका हुन् । युवाहरुको संस्था असनेप आइटी सोलुसनले यो एपको विकास गरेको हो ।…
चन्द्रग्रहण नेपालबाट नदेखिने
काठमाडौँ : नेपाल पञ्चाङ्ग निर्णायक समितिले आज राति लाग्ने चन्द्रग्रहण नेपालबाट नदेखिने जनाएको छ । जल, अन्तरक्ष एवं पृथ्वीका विभिन्न भागबाट देखिने फरकफरक किसिमका ग्रहण हुन्छन् । ज्येष्ठ शुक्ल पूर्णिमा अर्थात् आज राति देखिने ग्रहण नेपालबाट नदेखिने भएकाले यसलाई बार्नु…
क्वारेन्टिनमा मृत्यु भएका युवामा कोरोना सङ्क्रमण
सुर्खेत : क्वारेन्टिनबाट घर फर्केपछि मृत्यु भएका पश्चिम सुर्खेतका युवकमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । बिहीबार बिहान होम क्वारेन्टिनमा मृत्यु भएका पञ्चपुरी नगरपालिका–१ का २० वर्षीय युवकको मृत्युपछि पिसीआर परीक्षण गरिएको थियो । प्रदेश अस्पताल पशुपक्षी रोग अन्वेषण प्रयोगशाला…
शनिबारसम्म देशको अधिकांश स्थानमा वर्षा हुने
काठमाडौँ : अरब सागरमा बनेको ‘निसर्ग’ चक्रवात कमजोर भइ बनेको न्यून चापीय क्षेत्रको प्रभावसँगै स्थानीय र पश्चिमी वायुको प्रभावले देशको अधिकांश स्थानमा शनिबारसम्म वर्षा हुने भएको छ । यी तीन प्रणाली सक्रिय अवस्थामा रहेकाले शनिबारसम्म देशका अधिकांश भूभागमा वर्षाको सम्भावना…
‘व्यायाम र सरसफाइमा ध्यान दिए कोरोनालाई जित्न सकिन्छ’
खोटाङ : कोरोना सङ्क्रमण देखिएपछि अस्पताल भर्ना हुनुभएका हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका २० वर्षीय गिपेन्द्र राई घरफर्कनु भएको छ । गत जेठ ६ गते पिसीआर परीक्षणका क्रममा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको भोलिपल्टै उपचारका लागि कोभिड अस्पताल विराटनगरमा भर्ना हुनुभएका…
एसइईबारे एकसाताभित्र निर्णय हुन्छ : शिक्षामन्त्री
काठमाडौँ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले माध्यमिक शिक्षा परीक्षा कक्षा १० ९एसइई०, कक्षा ११ र १२ को परीक्षाका बारेमा एक साताभित्र निर्णय गरिने जानकारी दिएका छन् । बिहीबार आयोजना गरिएको भर्चुअल संवादमा शिक्षामन्त्री पोखरेलले ती परीक्षाका विषयमा विभिन्न…
