समाचार Archives | Page 31 of 121 | नेपालमाला

 

पानी पार्ने प्रणाली नेपालतिर सर्दै, मधेश प्रदेशलाई हुनेछ राहत

काठमाडौं : मनसुनको समयमा पनि पर्याप्त पानी नपरेपछि समस्यामा परेका तराई मधेशका बासिन्दालाई केही दिनका लागि खुसीको खबर छ । मनसुनी रेखा नेपालतर्फ सर्ने क्रममा रहेकाले तराई मधेशका जिल्लाहरुमा पनि पानी पर्ने सम्भावना छ । जल तथा मौसम विज्ञान विभागको…

बालुवाटारमा डोजरसहित निर्माण व्यवसायीको विरोध प्रदर्शन

काठमाडौं : निर्माण व्यवसायीहरुले डोजर लगायतका निर्माण यन्त्रहरुसहित बालुवाटारस्थित प्रधानमन्त्री निवास नजिक विरोध प्रदर्शन गरेका छन् । उनीहरुले आज (मंगलबार) बिहान विरोध प्रदर्शन गरेका हुन् । प्रहरीले प्रदर्शनकारीलाई सडकको एक किनारमा रोकेकाले यातायात आवागमन प्रभावित भने भएन । विरोध प्रदर्शन…

लथालिंग प्रदेश सरकार

काठमाडौँ : प्रदेशसभा निर्वाचन भएको आठ महिना बित्दा पनि प्रदेश सरकारहरूले लय समात्न सकेका छैनन् । छोटो समयमै चारवटा प्रदेशमा सरकारको नेतृत्व परिवर्तन भएको छ । कर्णाली र गण्डकीबाहेकका प्रदेशमा मन्त्रिपरिषद् विस्तार र जिम्मेवारी बाँडफाँट अधुरै छ । सबैभन्दा बढी संकट र अन्योल…

सुन गाल्ने मेसिन सरकारसँग एउटा, तस्करसँग ४ वटा

काठमाडौं : राजस्व अनुसन्धान विभागले २ साउनमा बरामद गरेको तस्करीको १०० किलो बढी सुन गाल्नका लागि नेपाल राष्ट्र बैंकको टक्सार विभागमा बुझाएको छ । उक्त सुन अबको केही दिनमा गाल्न सुरु हुनेछ । केन्द्रीय बैंकको विभागमा सुन गाल्नका लागि एउटा…

अश्लील गतिविधि गर्ने निरौलालाई २४ घण्टाभित्र मन्त्रालयमा हाजिर हुन निर्देशन

काठमाडौं : दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डमरुप्रसाद निरौलालाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २४ घन्टाभित्र हाजिर हुन निर्देशन दिएको छ । सोमबार गोप्य/अति जरुरी लिखित निर्देशन पठाउँदै २४ घण्टाभित्र मन्त्रालयमा हाजिर हुन निर्देशन दिएको मन्त्रालयका एक अधिकारीले बताए…

मलेसियामा नेपाली कामदारको ओइरो

काठमाडौं : वैदेशिक रोजगारीका लागि नेपालीबीच लोकप्रिय गन्तव्य मलेसियामा यस वर्ष कीर्तिमानी संख्यामा नेपाली पुगेका छन् । आर्थिक वर्ष (आव) २०७९/८० मा मलेसियामा नयाँ र पुनः श्रम स्वीकृति लिएर कुल २ लाख ५९ हजार ५९४ जना नेपाली रोजगारीका लागि पुगेका…

सहकारीमा फसेको रकम फिर्ता माग गर्दै दुई अभिनेत्री धर्नामा

काठमाडौं : सहकारीमा फसेको रकम उठाइदिन र ठगी गर्ने सहकारीलाई कारबहीको माग गर्दै दुई पाका अभिनेत्रीहरु बसुन्धरा भुसाल र चैत्यदेवी माइतीघरमण्डलमा दशघण्टे अनशनमा बसेका छन् । सहकारी पीडितले ६१ दिनदेखि माइतीघरमा जारी रहेको धर्नामा नेपाली फिल्मका दुई वरिष्ठ अभिनेत्रीहरु पनि…

पार्टी कार्यालय सार्न महानगरसँग राप्रपाले माग्यो ३५ दिन समय

 काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले केन्द्रीय कार्यालय सार्न काठमाडौं महानगरपालिकासँग ३५ दिनको समय मागेको छ ।महानगरलाई पत्र लेखेर कार्यालय सार्नका लागि ३५ दिनको समय माग गरेको मेयरको सचिवालयले जनाएको छ । बिजुलीको हाइटेन्सन लाइन मुनि रहेको पार्टी कार्यालय…

यस्तो छ भुवन केसीले सार्वजनिक गरेको पहिलो वर्षका उपलब्धि र कार्ययोजना

काठमाडौं : चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले सोमबार एकवर्षे कार्यकालका उपलब्धि र आगामी कार्ययोजनाको सूची सार्वजनिक गरेका छन् । साउन ११ गते उनको कार्यकालले एक वर्ष पूरा गरेको छ । चलचित्रसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको मस्यौदा…

भृकुटीमण्डपको नारा : गरिब होइन गरिबी हटाऊ

काठमाडौं : आफूहरुलाई गरिखान दिनुपर्ने माग गर्दै फुटपाथ व्यवसायीले काठमाडौं महानगरपालिकाको कार्यालयबाहिर प्रदर्शन गरेका छन् । सयौंको संख्यामा भेला भएका फुटपाथ व्यवसायीले शनिबार विभिन्न नारा लेखिएको प्लेकार्डसहित भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा रहेको महानगरपालिकाको कार्यालयबाहिर प्रदर्शन गरेका हुन् । उनीहरुले सडक व्यवसायीलाई…

एक क्विन्टल सुन भित्र्याउने रेडी ट्रेडर्सको सोह्रखुट्टे गोदाममा छापा

काठमाडौं : एक क्विन्टल सुन तस्करी प्रकणमा संलग्न रेडी ट्रेडर्स प्रालिको अर्को गोदाममा राजस्व अनुसन्धान विभागले छापा मारेको छ ।विभागको टोलीले बुधबार काठमाडौं महानगरपालिका–१६ स्थित सोह्रखुट्टेको एक घरमा छापा मारेको हो । त्यसक्रममा कम्तिमा ६६ कार्टुन ‘ब्रेक शु’ र दुई…

रेडी ट्रेडले ल्याएको थियो दुई महिनामा १९९७ किलो सामान

काठमाडौँ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार जाँचपास गरेर पठाइएका आठ पोका सामानभित्र तस्करीको करिब एक क्विन्टल सुन बरामद हुनुअगावै गिरोहले त्योभन्दा बढी परिमाणको सुन उम्काएको हुन सक्ने देखिएको छ । सुन काण्डमा मुछिएको रेडी ट्रेडले पछिल्लो दुई महिनामा १ हजार ९…

भारतले चामल निर्यातमा लगायो रोक : नेपालमा कस्तो असर पर्छ ?

काठमाडौं : भारतले चामल निर्यातमा रोक लगाएको छ । भारतको वाणिज्य तथा वैदेशिक व्यापार विभागले बिहीबार एक सूचना जारी गर्दै यस्तो घोषणा गरेको हो । भारतको यस्तो निर्णयले नेपाल लगायतमा मुलुकलाई ठूलो धक्का लाग्ने छ । भन्सार हार्मोनी कोड १००३०९०…

काठमाडौं र ललितपुरका विभिन्न स्थानमा भोलि ८ घण्टा बिजुली आपूर्ति बन्द हुने

काठमाडौं : नेपाल विद्युत प्राधिकरणको टेकु सबस्टेसनबाट आपूर्ति हुँदै आएको बिजुली साउन ६ गते ८ घण्टासम्म बन्द हुने भएको छ । प्राधिकरणले आज सूचना जारी गरी साउन ६ गते बिहान ८ः३० बजेदेखि दिउँसो ४ः३० बजेसम्म विद्युत आपूर्ति बन्द हुने जानकारी…

गुण्डागर्दीविरुद्ध काठमाडौं प्रहरीको ‘ब्रोकन विन्डो प्रिन्सिपल’

काठमाडौं : ६ वर्ष अघि नेपाल निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरदकुमार गौचनको गोली हानेर हत्या भएयता उपत्यकामा गुण्डाहरु संलग्न हाई–प्रोफाइल घटना भएका थिएनन् । बरु गुण्डागर्दीमा संलग्नविरुद्ध प्रहरीको निर्मम कारबाहीपछि आपराधिक पृष्ठभूमिका व्यक्तिहरुले वैकल्पिक पेशा रोज्न थालेका थिए । गौचन हत्यामा…

प्रधानमन्त्री प्रचण्ड इटली जाने

 काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड इटली जाने भएका छन् । आज बसेको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री प्रचण्डको भ्रमण स्वीकृत गरेको छ । बैठकपछि सरकारकी प्रवक्ता रेखा शर्माले संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठनको मुख्यालय इटलीमा आयोजना हुने ‘युनाइटेड नेसन्स…

फोहोर बोक्ने टिपरबाट रकम असुल्ने ककनीको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश

काठमाडौँ : सर्वोच्च अदालतले नुवाकोटको ककनी गाउँपालिकाले काठमाडौं उपत्यकाको फोहोर बोक्ने टिपरबाट रकम असुल्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । सर्वोच्चका न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले ककनी गाउँपालिकाले असार १९ मा फोहोरमैला बोक्ने टिपरबाट रकम असुल्ने निर्णय कार्यान्वयनमा…