समाचार Archives | Page 12 of 122 | नेपालमाला

 

परराष्ट्रमन्त्री राणा भारत प्रस्थान

काठमाडौं : परराष्ट्र मन्त्री डा.आरजु राणा देउवा भारत प्रस्थान गरेकी छन्। भारतीय विदेशमन्त्री एस जयशंकरको औपचारिक निमन्त्रणामा मन्त्री राणा भारत प्रस्थान गरेकी हुन्। उनी भिस्तारा एयरलाइन्सबाट केही बेरअघि भारतको नयाँ दिल्ली प्रस्थान गरेकी हुन्। मन्त्री राणाको टोलीमा दक्षिण एसिया मामिला हेर्ने…

कांग्रेसका मन्त्रीले महिनामा दुईपटक पार्टीसँग बैठक गर्ने

काठमाडौं : नेपाली कांग्रेसले पार्टीबाट मन्त्री बनेकाहरुसँग महिनाको दुईपटक छलफल गर्ने भएको छ । दुई राज्यमन्त्री सहित कांग्रेसका १२ मन्त्री छन् । केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारमा कांग्रेस सहभागी भएपछि शनिबार पहिलोपटक पार्टीबाट मन्त्री बनेकाहरुसँग छलफल गरिएको छ ।…

परराष्ट्रमन्त्री राणा भारत जाँदै

काठमाडौं : परराष्ट्रमन्त्री आरजु राणा देउवा आज भारत भ्रमणमा जाँदैछिन् । उनी आज बिहान साढे ११ बजे नयाँदिल्ली प्रस्थान गर्ने उनको सचिवालयले जनाएको छ । उनी भदौ ६ गते स्वदेश फर्किने कार्यक्रम छ । यसबीचमा उनले राजनीतिक भेटघाटसमेत गर्नेछिन् ।…

देशभर वर्षा, नदी किनारका क्षेत्रमा सतर्कता अपनाउन आग्रह

काठमाडौं : बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा मध्यमदेखि भारी वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । वर्षा भएसँगै खोला तथा नदीहरुमा पनि बहाव बढेको छ । आज बिहान कपिलवस्तुको भगवानपुर, दाङको लालमटिया, रोल्पाको लिवाङ, बाँकेको नेपालगञ्ज एयरपोर्ट र…

रक्षामन्त्री नेतृत्वको टोली बाढी प्रभावित खुम्बु क्षेत्रमा

काठमाडौं : सोलुखुम्बुको खुम्बु-पासाङल्हामु गाउँपालिका-५ स्थित बाढी प्रभावित क्षेत्रको वस्तुस्थिति बुझ्न र प्रभावित व्यक्तिलाई उद्धार तथा राहत प्रदान गर्न रक्षामन्त्री मानवीर राईको नेतृत्वमा सङ्घीय र प्रदेशसभा सदस्य, गाउँपालिका अध्यक्ष र प्रमुख जिल्ला अधिकारीसहितको टोली पुगेको छ । त्यहाँस्थित थामे खोलामा…

खुम्बुमा बाढी : थामे खोलाको तटीय क्षेत्रमा कटान जारी

सोलुखुम्बु : सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका-५ थामे खोलामा आएको बाढीले तटीय क्षेत्रमा कटान जारी रहेको छ । शुक्रबार दिउँसो थामे खोलामा आएको बाढीपछि खुम्बु र तल्लो सोलुका नदी आसपासका क्षेत्रमा कटान जारी रहेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक…

कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान   

काठमाडौँ : हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको बताउँदै जल तथा मौसम विज्ञान विभागले हाल देशभर साधारणतया बदली रहेको जनाएको छ । बागमती र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको…

भारतको स्वतन्त्रता दिवसमा कांग्रेस सभापति देउवाको शुभकामना

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारतको ७८ औं स्वतन्त्रता दिवसका अवसरमा शुभकामना दिएका छन् । पूर्वप्रधानमन्त्री देउवाले सामाजिक सञ्जाल एक्समार्फत भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई शुभकामना दिएका हुन् । शुभकामना सन्देशमा सभापति देउवाले भनेका छन्,‘हाम्रा दुई राष्ट्रबीचको मित्रताको सम्बन्ध अझै…

आज साउनको अन्तिम सोमबार, पशुपतिनाथसहित शिवालयमा भक्तजनको घुइँचो

काठमाडौं : पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ । काठमाडौंको पशुपतिनाथमा आज बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको हो । साउने सोमबारको पूजाआजा गर्न आएका दर्शनार्थी तथा बोलबम यात्रामा निस्केकाहरूका लागि बिहानदेखि नै मन्दिरमा  सहज रूपमा दर्शनको व्यवस्था मिलाएको पशुपति…

कांग्रेसमा महाधिवेशनको बहस, अर्को मंसिरमै गर्न जोड

काठमाडौँ : कांग्रेस सभापति शेरबहादुर देउवाले आफू प्रधानमन्त्री भएपछि मात्रै पार्टी महाधिवेशन गर्न सक्ने आशंका गर्दै नेता शेखर कोइराला, महामन्त्री गगनकुमार थापा लगायतले ०८२ मंसिरभित्रै नियमित महाधिवेशन गराउन दबाब बढाएका छन् । नेता कोइरालाले आइतबारको केन्द्रीय कार्यसमिति बैठकमा कुनै पनि बहानामा…

सबै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौँ : हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको बताउँदै जल तथा मौसम विज्ञान विभागले जनाएको छ । हाल वाग्मती र गण्डकी प्रदेशमा साधारणतय देखि पूर्णतया बदली रही बाँकी भू–भागमा आंशिकदेखि साधारणतया बदली…

आज पनि केही ठाउँमा भारी वर्षाको सम्भावना

काठमाडौं : आज पनि देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका…

सिक्किममा ४.४ रेक्टर स्केलको भूकम्प, धक्का नेपालसम्म

काठमाडौँ : सिक्किममा भूकम्प गएको छ । शुक्रबार बिहान सिक्किमको सोरेङआसपास केन्द्रबिन्दु बनाएर ४.४ रेक्टर स्केलको भूकम्प गएको भारतीय राष्ट्रिय भूकम्प विज्ञान केन्द्रले जनाएको छ । बिहान स्थानीय समयअनुसार ६ बजेर ५७ मिनेट जाँदा गएको भूकम्पको उद्‍गम बिन्दु(गहिराइ) १० किलोमिटर…

आज नागपञ्चमी पर्व मनाइँदै

काठमाडौं : नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजा गरी मनाइँँदै छ । यो पर्व प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीको दिन मनाइन्छ । नागको पूजा गरी नागको चित्र घरको मूल ढोकामा टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिने…

आज दिउँसो धेरै भारी वर्षा हुने, राति अति भारी वर्षाको सम्भावना

 काठमाडौं : आगामी २४ घण्टामा देशका केही ठाउँमा अति भारी र धेरै भारी वर्षा हुने पूर्वानुमान गरिएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई ठाउँमा धेरै भारी वर्षाको…

आज भोटो देखाउने जात्रा, काठमाडौं उपत्यकामा बिदा

काठमाडौं : आज भोटो जात्रा मनाइँदै छ । वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको भोटो आज देखाउने गरिन्छ । भोटो जात्रालाई करिब आठ सय वर्षअघिसम्म जावलाखेल जात्रा भनिन्थ्यो । जा (भात) वला (छर्ने) भएकाले यसलाई जावलाखेल जात्रा भन्ने गरिएको…

६ प्रदेशका थोरै ठाउँमा आज भारी वर्षाको सम्भावना

काठमाडौं :  आज ६ वटा प्रदेशका केही ठाउँमा भारी वर्षा हुने पूर्वानुमान गरिएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वनुमान महाशाखाका अनुसार आज दिउँसो बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।…