काठमाडौं : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १८६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा थप १८६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।
एकैदिन काठमाडौंका १५५ जना, भक्तपुरका १२ जना र ललितपुरका १९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको मन्त्रालयले प्रवक्ता डा.गौतमले जानकारी दिए।
देशभर थप ८८४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभर २४२ महिला र ६४२ पुरुष गरी जम्मा ८८४ जनामा संक्रमण पुष्टि भएको गौतमले जानकारी दिए ।

नेपालमाला
