काठमाडौं : नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या पाँच हजार नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार शुक्रबार चार सय २८ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या पाँच हजार ६२ पुगेको हो।
मन्त्रालयका अनुसार नेपालमा कोरोनाकै कारण १५ जनाको मृत्यु भइसकेको छ। कोरोना जित्नेको संख्या भने आठ सय ७७ पुगेको छ।

नेपालमाला
