काठमाडौं : परराष्ट्र मन्त्री आरजु राणा आज चीन भ्रमणमा जाँदै छिन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले परराष्ट्र मन्त्री राणाको चीन भ्रमण स्वीकृत गरेको हो। प्रधानमन्त्री ओलीको मंसिर १७ गतेदेखि हुने भ्रमण तयारीका लागि परराष्ट्रमन्त्री राणा बिहीबार छेन्दु जान लागेकी हुन्। मंसिर १५ गतेसम्म परराष्ट्रमन्त्री राणा बेइजिङमा रहेर प्रधानमन्त्रीको भ्रमणका एजेन्डाहरू चीनका समकक्षी र सरकारी अधिकारीसँग बसेर तय गर्ने कार्यक्रम छ।
मन्त्री राणाले मंसिर १३ देखि १५ गतेसम्म चीनको भ्रमण गर्नेछिन्। यस अगाडि स्वास्थ्य उपचार गराएर जापानबाट बेइजिङ जाने तयारी गरे पनि डाक्टरको समय नमिलेपछि परराष्ट्रमन्त्री राणाले जापान भ्रमण स्थगित गरेकी थिइन्।
आगामी मंसिर १७ गते प्रधानमन्त्री केपी शर्मा ओली ४० सदस्यीय टोलीको नेतृत्व गर्दै चीन भ्रमणमा जाँदैछन् । परराष्ट्रमन्त्री राणा सोही भ्रमणको तयारीका लागि आजै चीन जान लागेकी हुन् । उनी प्रधानमन्त्री ओलीको भ्रमण दलमा पनि सहभागी हुनेछिन् ।