काठमाडौं : दक्षिण अफ्रिकामा बस दुर्घटना हुँदा ४५ जनाको मृत्यु भएको छ । दुर्घटनास्थलमा आठ वर्षीया एक बालिका भने जीवितै फेला परेकी छन् । उनलाई घाइते अवस्थामा उद्धार गरी अस्पताल भर्ना गरिएको छ ।
बोत्स्वानाको राजधानी गेबोरोनबाट इस्टर मनाउन मोरिया शहरतर्फ गइरहेकाहरु विहीबार दुर्घटनामा परेका हुन् । उनीहरु सवार बस अनियन्त्रित हुँदै पहाडमा ठोक्किर पुलबाट करिब ५० फिट तल खाल्डोमा खसेको थियो । त्यसपछि बसमा आगो लागेको थियो ।
पुलको बारमा ठोक्किएर ५० मिटर तल खसेपछि बसमा आगो लागेको थियो। आगलागीबाट बस पूर्ण ध्वस्त भएको लिम्पोपो प्रान्तीय सरकारले जनाएको छ।
दुर्घटनामा परी बसमा सवार ४५ जनाको घटनास्थलमै मृत्यु भएको हो। उनीहरू इस्टर पर्व मनाउन मोरिया जाँदै थिए।
८ वर्षीया बालिका मात्रै जिवित भेटिएकी छन्। उनको स्वास्थ्य अत्यन्त गम्भीर रहेको र उपचार भइरहेको प्रान्तिय सरकारले जनाएको छ। बिहीबार दिउँसो दुर्घटना भएको बसमा राति अबेरसम्म उद्धारकार्य चलेको थियो।
लिम्पोपोकी यातायात मन्त्री सिन्दसिवे छिकुंगा पनि घटनास्थल पुगेकी थिइन्। अझैपनि बसमा केही यात्रुहरू च्यापिएको हुनसक्ने उद्धारमा खटिएका अधिकारीहरुलाई उद्धृत गर्दै बिबिसीले उल्लेख गरेको छ।
पुलमा पुगेपछि चालकले नियन्त्रण गुमाएपछि बस पुलबाट खसेको थियो। दुर्घटनाबारे अनुसन्धान भइरहेको जनाइएको छ। दुर्घटनास्थल जोहानेसबर्गबाट करिब ३०० किलोमिटर उत्तर पहाडी क्षेत्रमा पर्दछ ।

नेपालमाला
