काठमाडौं : विभागीय टोली त्रिभुवन आर्मी क्लबले राष्ट्रिय महिला लिग फुटबलमा शीर्ष टोली एपीएफ क्लबलाई पछ्याइरहेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार भएको खेलमा आर्मीले रौतहटको चन्द्रपुर नगरपालिकालाई ६–१ गोलले हरायो । आर्मीको जितमा रश्मी घिसिङ एक्लैले चार गोल गरिन् ।
विमला चौधरीले दुई गोल थपेकी थिइन् । चन्द्रपुरकी रजनी थोकरले सान्त्वना गोल फर्काइन् ।
आर्मीकी विमला चौधरी प्लेयर अफ दी म्याच घोषित भइन् । उनले पाँच हजार पुरस्कार पाइन् । जितसँगै दोस्रो स्थानमा रहेको आर्मीले शीर्ष टोली एपीएफसँगको दुरी दुई अंकले घटाएको छ । आर्मीको १० खेलबाट २५ अंक पुगेको छ । एक खेल कम खेलेको एपीएफको २७ अंक छ । ६ अंक बनाएको चन्द्रपुर छैटौं स्थानमा छ ।
तेस्रो स्थानमा रहेको वालिङ र चौथो स्थानमा रहेको नेपाल पुलिस क्लबको समान १४ अंक छ । १३ अंक बनाएको विराटनगर महानगरपालिका पाँचौं स्थानमा छ । चौदण्डीगढी नगरपालिकाले अहिलेसम्म खाता खोल्न सकेको छैन ।
फागुन ७ गतेसम्म चल्ने लिगको विजेताले १५ लाख, उपविजेताले आठ लाख, तेस्रोले पाँच लाख र चौथो हुने टोलीले तीन लाख रुपैयाँ प्राप्त गर्नेछन् । यसैगरी सर्वोत्कृष्ट खेलाडीलाई स्कुटर र व्यक्तिगत विधाका विजेतालाई जनही ५० हजार रुपैयाँ प्रदान गरिने आयोजक एन्फाले जनाएको छ ।

नेपालमाला
