कोरोना संक्रमितको संख्या ५० हजार नाघ्यो

काठमाडौं :नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्याले ५० हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार बिहीबार नेपालमा कोरोना संक्रमितको संख्याले ५० हजार नाघेको हो ।

पछिल्लो २४ घण्टामा १२ सय ४६ जनामा संक्रमण पुष्टि हुँदा कुल संक्रमितको संख्या ५० हजार ४६५ पुगेको हो । आठ लाख बढीको पीसीआर परीक्षण हुँदा कोरोनाले मृत्यु हुनेको संख्या भने तीन सय ‍‍१७ पुगेको छ ।

0 0 vote
Article Rating

LEAVE A COMMENT

guest
0 Comments
Inline Feedbacks
View all comments