पछिल्लो २४ घण्टामा १०८१ संक्रमित थपिए

काठमाडौं : पछिल्लो २४ घण्टामा १०८१ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ११ हजार १६७ जनाको पीसीआर परीक्षण गर्दा १०८१ जनामा  संक्रमण पुष्टि भएको हो।२४ घण्टामा  ९१८ जना डिस्चार्ज भएका छन्।

मन्त्रालयका अनुसार नेपालमा कुल संक्रमितको संख्या ४९ हजार २१९ पुग्दा डिस्चार्ज हुनेको संख्या ३३ हजार ८८२ पुगेको छ। पछिल्लो २४ घण्टामा ६ जनाको ज्यान गएको छ।योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३१२ पुगेको छ।

मन्त्रालयका अनुसार सक्रिय संक्रमितको संख्या १५ हजार २५ रहेको छ। अहिले होम आइसोलेसनमा सात हजार ३७ रहेका छन् भने संस्थागत आइसोलेसनमा सात हजार ९८८ जना रहेका छन्।

नेपालमा पीसीआर परीक्षणको संख्या ७ लाख ९९ हजार ३४१ पुगेको छ। अहिले क्वारेन्टाइनमा ५ हजार ४८० जना रहेका छन्।

मन्त्रालयका अनुसार मोरङ, सुनसरी, सर्लाही, काठमाडौं, ललितपुर, चितवन, भक्तपुर र रुपन्देहीमा पाँच सय बढी संक्रमित रहेका छन्। त्यसैगरी  मनाङ, मुस्ताङ, डोल्पा, मुगु र हुम्लामा संक्रमण शून्यमा झरेको छ।

0 0 vote
Article Rating

LEAVE A COMMENT

guest
0 Comments
Inline Feedbacks
View all comments