प्रवेश नाकामा सेना परिचालन गर्न सिफारिस

काठमाडौं : उपत्यकाको मेयर फोरमले सीमा नाकामा कडाई गर्न सेना परिचालनका लागि सिफारिस गरेको छ । मंगलबार बसेको मेयर फोरमको बैठकले उपत्यकामा जारी निषेधाज्ञा खुकुलो पार्न र सीमा नाकामा सेना परिचालन गरेर कडाई गर्न सिफारिस गरेको हो ।

उपत्यकाका दुई महानगरसहित १८ वटा पालिकाको साझा संस्था उपत्यका नगरपालिका फोरमले उपत्यका छिर्ने सबै नाकामा सेना खटाई प्रवेशमा कडाई गर्न माग गरेको हो ।

फोरमका उपाध्यक्ष एवं ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले उपत्यका भित्रको जन–जीवन खुकुलो बनाउँदै नकामा भने सेना खटाएर भए पनि अत्यन्त कडाई गर्न संघीय सरकार र तीन जिल्ला प्रशासनसँग माग गर्ने निर्णय गरेको जानकारी दिए।

फोरमका अध्यक्ष तथा काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य कोरोना संक्रमणका कारण होम आइसोलेसनमै रहेका कारण उपाध्यक्ष महर्जनको अध्यक्षतामा बैठक बसेको हो। भदौ ३ गतेबाट जारी निषेधाज्ञा भदौ २४ गतेबाट सकिदैछ।

बैठकले उपत्यकाको जोखिमलाई ध्यानमा राखी अझै केही समय सार्वजनिक यातायातलाई सञ्चालनमा रोक लगाई अन्य सवारीमा भने जोर–बिजोर प्रणाली लागु गर्न आग्रह गरेको छ। बैठकले नागरिकलाई स्वास्थ्य सुरक्षा मापदण्डका विषयमा सचेत र जिम्मेवार बनाउँदै लैजाने, उद्योग, व्यवसाय र कलकारखाना सञ्चालन गर्दा स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्ने-गराउने पनि निर्णय गरेको छ।

बैठकमा उपत्यकाका १८ वटै नगरपालिकाले उपत्यकाका पछिल्लो निषेधाज्ञा अवधिमा करिब ३८ हजारको कन्ट्याक्ट ट्रेसिङ गरेको जानकारी दिइएको थियो।

2 1 vote
Article Rating

LEAVE A COMMENT

guest
0 Comments
Inline Feedbacks
View all comments