मंगलबार ९०२ कोरोना संक्रमित थपिए

काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरस ९कोभिड–१९० संक्रमितको संख्या ९०२ थपिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा।डा। जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभरि ९०२ जना संक्रमित थपिएको हो ।
यसैगरी पछिल्लो दिनमा कोरोना संक्रमण जित्नेको संख्या पनि बढ्दै गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा।डा। जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा २२ सय ८७ जना डिस्चार्ज भएका छन् । ९०२ जनामा संक्रमण पुष्टि हुँदा २२ सय बढी डिस्चार्ज भएको प्रवक्ता गौतमले जानकारी दिए ।
मन्त्रालयका अनुसार नेपालमा कुल संक्रमितको संख्या ४८ हजार १३८ पुग्दा डिस्चार्ज हुनेको संख्या ३२ हजार ९६४ पुगेको छ । पछिल्लो २४ घण्टामा ६ जनाको ज्यान गएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३०६ पुगेको छ ।

 

 

0 0 vote
Article Rating

LEAVE A COMMENT

guest
0 Comments
Inline Feedbacks
View all comments