सोमबार थप ९७९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं : पछिल्लो २४ घण्टामा ९७९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। संक्रमितको कुल संख्या ४७ हजार २३६ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

मन्त्रालयका अनुसार २४ घण्टामा १ हजार ७ सय ३६ जना डिस्चार्ज भएका छन्। योसँगै कुल डिस्चार्ज हुनेको संख्या ३० हजार ६ सय ७७ पुगेको छ। यो कुल संक्रमितको ६५ प्रतिशत हो। नेपालमा संक्रिय संक्रमितको संख्या १६ हजार २ सय ५९ रहेको छ। हाल ९ हजार ६९ जना संस्थागत आइसोलेसनमा छन्। त्यस्तै ७ हजार १९० जना होम आइसोलेसनमा छन्। हाल ४ हजार ७३९ जना क्वारेन्टाइनमा छन्।

२४ घण्टामा कोरोनाले ११ जनाको ज्यान गएको छ। योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या तीन सय पुगेको छ।

 

0 0 vote
Article Rating

LEAVE A COMMENT

guest
0 Comments
Inline Feedbacks
View all comments