
उपत्यकामा एकैदिन थपिए ३५४ संक्रमित
काठमाडौं : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ३५४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा उपत्यकामा थप ३५४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।
काठमाडौंका २९०, भक्तपुरका ३२ र ललितपुरका ३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको मन्त्रालयले प्रवक्ता डा.गौतमले जानकारी दिए। यस्तै पछिल्लो २४ घण्टामा ९८० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। यो सहित संक्रमितको संख्या ४६ हजार २५७ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। आइतबार संक्रमितमा २९० महिला र ६९०पुरुष छन्।
१ हजार ७२७ कोरोनाका सक्रिय संक्रमित छन्। यस्तै मन्त्रालयका अनुसार ९ हजार २०१ जना आइसोलेसनमा रहेका छन् भने होम आइसोलेसनमा ७ हजार ८२६ छन्। क्वारेन्टाइनमा ४ हजार ७०३ जना रहेका छन्। मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १० हजार ३८२ नमूनाको पीसीआर परीक्षण भएको छ।