
अर्थमन्त्री खतिवडाले राजीनामा दिने
काठमाडौं : सरकारका प्रवक्तासमेत रहेका अर्थ तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले आजै साँझ राजीनामा दिने भएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकमा मन्त्री खतिवडाले आजै राजीनामा दिने घोषणा गरेका हुन् ।
राष्ट्रियसभाको रिक्त एक पदमा नेकपा उपाध्यक्ष वामदेव गौतमलाई सिफारिस गर्ने निर्णयमा सरकार पुगेको प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद् बैठकमा जानकारी गराएपछि खतिवडाले यस्तो घोषणा गरेको एक मन्त्रीले जानकारी दिए।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठकले बिहीबार मात्र राष्ट्रियसभामा गौतमलाई सिफारिस गर्ने निर्णय गरेको थियो । नेकपाको यो निर्णयसँगै खतिवडाको संसद बन्ने बाटो बन्द भएको छ ।
तत्कालका लागि संसद बन्ने बाटो बन्दै भएसँगै उनको मन्त्री पदसमेत शनिबारबाट स्वत: सकिदै छ । प्रधानमन्त्री केपी ओलीले अहिलेसम्म सरकारमा बसेर काम गरेकोप्रति अर्थमन्त्री खतिवडालाई धन्यवाद दिएका छन् । खतिवडा गैर संसाद नै ६ महिनासम्म मन्त्री बनेका हुन् ।