उपत्यकामा ३७७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ३७७ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा थप ३७७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। सोमबार २२४ जना र मंगलबार २३२ र बुधबार ३०१ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।

एकैदिन काठमाडौंका २७० जना, भक्तपुरका ४१ जना र ललितपुरका ६६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको मन्त्रालयले प्रवक्ता डा.गौतमले जानकारी दिए।

यस्तै एकैदिन कोरोनाबाट उपत्यकामा २ जनाको मृत्यु भएको छ। ललितपुरमा एक महिला र काठमाडौंमा एक पुरुष गरी २ जनाको कोरोनाबाट मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ। एकै दिनमा उपत्यकाका २ सहित ८ जनाको कोरोनाबाट मृत्यु भएको छ। मृत्यु हुनेमा ५ महिला र ३ पुरुष छन्। यो सहित मृत्यु हुनेको संख्या १८३ पुगेको छ।

यस्तै पछिल्लो २४ घण्टामा १ हजार १ सय ११ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। संक्रमित हुनेमा  ३ सय ३४ महिला र ७ सय ७७ पुरुष हुन्।  योसँगै नेपालमा कुल संक्रमितको संख्या ३५ हजार ५२९ पुगेको छ।

मन्त्रालयका अनुसार २४ घण्टामा ५६९ जना डिस्चार्ज भएका छन्। योसँगै कोरोना जित्नेको संख्या २० हजार ७३ पुगेको छ।

0 0 vote
Article Rating

LEAVE A COMMENT

guest
0 Comments
Inline Feedbacks
View all comments