मुग्लिन : सुख्खा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ ।
इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार चितवनको इच्छाकामना गाउँपालिका–६ स्थित मुग्लिन नजिकै २ किलोमा आज बिहान ७ बजेतिर सुख्खा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक दुईतर्फी अवरुद्ध भएको हो । पहिरो झरिरहेका कारण तत्काल पहिरो पन्छाउने काम हुन नसकेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।
पहिरो जाँदा यसअघि पनि सडक पटक पटक अवरुद्ध भएको थियो । वर्षायामसँगै पहिरो सुरु हुने भएकाले हरेक वर्ष यस सडक खण्डमा पहिरोले समस्या पु¥याउँदै आएको छ ।

नेपालमाला
