उपत्यकामा थपिए २३२ कोरोना संक्रमित

काठमाडौं : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप २३२ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा थप २३२  जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। सोमबार मात्रै २२४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।

काठमाडौंका १९९ जना, भक्तपुरका १४ जना र ललितपुरका १९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको मन्त्रालयले प्रवक्ता डा.गौतमले जानकारी दिए। यस्तै  पछिल्लो २४ घण्टामा ८५५ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। यो सहित संक्रमितको संख्या ३३ हजार पाँच सय ३३ पुगेको छ। २४ घण्टामा ३१३ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। योसँगै कुल डिस्चार्ज हुनेको संख्या १९ हजार ११९ पुगेको छ।

मन्त्रालयका अनुसार सात जिल्लामा ५ सय बढी संक्रमित रहेका छन्। मोरङ, पर्सा, बारा सर्लाही, रौतहट, महोत्तरी र काठमाडौंमा ५ सय बढी संक्रमित छन्।  मुस्ताङ र हुम्ला संक्रमणमुक्त रहेको मन्त्रालयले जनाएको छ। नेपालमा कोरोनाबाट १६४ जनाको मृत्यु भएको छ।

0 0 vote
Article Rating

LEAVE A COMMENT

guest
0 Comments
Inline Feedbacks
View all comments