कोरोनाले ज्यान गुमाउनेको संख्या ११४ पुग्यो, २४ घण्टामा ७ जनाको मृत्यु

काठमाडौं : नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु हुनेको संख्या ११४ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सात जनाको ज्यान गएको छ। योसँगै कोरोनाले ज्यान गुमाउनेको संख्या ११४ पुगेको हो।

नेपालमा पछिल्लो २४ घण्टामा हजार बढी व्यक्तिमा संक्रमण पुष्टि भएको छ। प्रवक्ता गौतका अनुसार एक हजार १६ जनामा संक्रमण पुष्टि भएको हो। २४ घण्टामा अहिलेसम्मकै यो सबैभन्दा बढी संक्रमण हो।  योसँगै नेपालमा कुल कोरोना संक्रमितको कुल संख्या २८ हजार दुई सय ७५ पुगेको छ।

पछिल्लो २४ घण्टामा १३ हजार १६१ जनाको स्वाबको पीसीआर परीक्षण गर्दा अहिलेसम्मकै सबैभन्दा बढीमा संक्रमण पुष्टि भएको हो।  १०१६ जनामा कोरोना संक्रमण हुँदा २४ घण्टामा ८५ जनाले मात्र कोरोना जितेका छन्। डिस्चार्ज हुनेको कुल संख्या भने १७ हजार ५८० पुगेको छ। देशभर संक्रिय संक्रमितको संख्या १० हजार ५६३ रहेको छ।

0 0 vote
Article Rating

LEAVE A COMMENT

guest
0 Comments
Inline Feedbacks
View all comments