
उपत्यकामा ११९ जना कोरोना संक्रमित थपिए
काठमाडौं : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ११९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा उपत्यकामा थप ११९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। बुधबार १३८ जना र बिहीबार १२७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो।
काठमाडौंका ८३ जना, भक्तपुरका ६ जना र ललितपुरका ३० जना गरी कुल ११९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी दिए। यस्तै शुक्रबार मात्रै थप ५९४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार नयाँसहित कूल संक्रमितको संख्या २५ हजार ५ सय ५१ पुगेको हो । बिहीबार मात्रै ५२५ जनामा कोरोना संक्रमण देखिएको थियो।
गत २४ घन्टामा ११ हजार ५ सय ७५ वटा पीसीआर नमूना परीक्षण भएका छन्। मन्त्रालयका अनुसार हालसम्म १७ हजार ७७ जनाले कोरोना जित्नेका छन्।क्वारेन्टाइनमा रहनेको संख्या १४ हजार ६ सय ३८ पुगेको छ भने आइसोलेसनमा ७ हजार ९ सय १३ जनाको उपचार भइराखेको छ ।कोरोनाबाट ९९ जनाको मृत्यु भइसकेको मन्त्रालयले जनाएको छ।