काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा ३८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार देशभरका विभिन्न प्रयोगशालामा भएको पीसीआर परीक्षणमा ३८० जनाको रिपोर्ट पोजिटिभ आएको हो।
कुल संक्रमितको संख्या २२ हजार ९७२ पुगेको छ। संक्रिय संक्रमितको संख्या भने ६ हजार पाँच सय ४४ छ। पछिल्लो २४ घण्टामा ४० जना डिस्चार्ज भएका छन्। कुल डिस्चार्जको संख्या भने १६ हजार ३५३ पुगेको छ।
पाँच सय बढी संक्रमित रहेका जिल्लामा पर्सा, रौतहट, महोत्तरी र काठमाडौं हुन्। त्यसैगरी संक्रमण शून्य भएका जिल्लाको संख्या सात रहेको छ। मन्त्रालयका अनुसार खोटाङ, धनकुटा, संखुवासभा, मनाङ, मुस्ताङ, डोल्पा र हुम्लामा संक्रमण शून्यमा झरेको हो। नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या भने ७५ पुगेको छ।
मन्त्रालयका प्रवक्ता गौतमका अनुसार काठमाडौंमा मात्र ९० जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा भक्तपुरमा संक्रमण शून्य छ भने ललितपुरमा २ जनामा संक्रमण पुष्टि भएको छ ।

नेपालमाला
