विश्वमा एकै दिन ६ हजार ८१५ कोरोना संक्रमितको मृत्यु

काठमाडौं : शुक्रबार विश्वमा ६ हजार ८१५ कोरोना संक्रमितको मृत्यु भएको छ । यो अघिल्लो दिनको भन्दा केही धेरै हो ।

विश्व स्वास्थ्य संगठनका अनुसार बिहीबार ६ हजार ४८८ कोरोना संक्रमितको मृत्यु भएको थियो । विश्वका २१६ देशमा फैलिएको कोरोनाका कारण हालसम्म ७ लाख ९ हजार ५११ जनाको ज्यान गइसकेको छ । संक्रमितको संख्या १ करोड ८९ लाख २ हजार ७३५ पुगेको छ ।

सुरुका केही समय अमेरिकन देशमा सबैभन्दा धेरै प्रभाव देखिएको कोरोना भाइरसको संक्रमण तुलनात्मक रुपमा अफ्रिकन देशमा कम फैलिएको थियो ।

पछिल्लो समय अफ्रिकन देशमा पनि कोरोना संक्रमण महामारीकै रुपमा फैलिएको विश्व स्वास्थ्य संगठनको तथ्यांकले देखाउँछ । दक्षिण अफ्रिका विश्वमा सबैभन्दा धेरै कोरोना संक्रमण फैलिने देशको सूचिमा पाँचौ स्थानमा आइपुगेको छ ।

0 0 vote
Article Rating

LEAVE A COMMENT

guest
0 Comments
Inline Feedbacks
View all comments