सीडीओ कार्यालयमा अत्यावश्यक सेवा मात्र

काठमाडौं : कोरोना भाइरस (कोभिड–१९) संक्रमण नियन्त्रणका लागि उपत्यकाका तीन जिल्ला प्रशासन कार्यालय (सीडीओ) ले अत्यावश्यकबाहेकका सबै काम स्थगित गर्ने निर्णय गरेका छन्।

काठमाडौंका सीडीओ जनकराज दाहाल भक्तपुरकी सीडीओ हुमकला पाण्डे र ललितपुरका सीडीओ नारायण भट्टले कार्यालयका अत्यावश्यक पाँचबाहेक अन्य सेवा तत्कालका लागि स्थगित गर्ने  निर्णय गरेका हुन्। तीनै सीडीओ कार्यालयले साउन २५ गतेदेखि भदौ ८ गतेसम्म लागू हुनेगरी अत्यावश्यकबाहेकका सेवा स्थगित गर्ने निर्णय गरेका हुन्।

कार्यालयमा सेवाग्राहीको भीडभाड अत्याधिक बढेको र कार्यालयबाटै कोभिड–१९ को संक्रमण सर्वसाधारणमा फैलिन सक्ने जोखिम बढेका कारण साउन २५ गतेबाट भदौ ८ गतेसम्म लागू हुनेगरी अत्यावश्यकबाहेकका सेवा रोक्ने निर्णय भएको काठमाडौं सीडीओ कार्यालयका प्रशासकीय अधिकृत कमलप्रसाद पाण्डेले जानकारी दिए।

0 0 vote
Article Rating

LEAVE A COMMENT

guest
0 Comments
Inline Feedbacks
View all comments