पद ओगट्न आएको हैन : सुवास श्रेष्ठ

काठमाडौँ : राष्ट्रिय खेलकूद परिषद्का नवनियुक्त सदस्य सुवास श्रेष्ठले आफू परिषद्मा पद ओगट्न र राजनीति गर्न नभई खेलकूदको विकासमा सहयोग गर्न आएको बताउनुभएको छ । नेपाल ब्याडमिन्टन सङ्घले आज उहाँलाई बधाई दिन तथा स्वागत गर्न आयोजना गरेको कार्यक्रममा सदस्य श्रेष्ठले चारवर्षे कार्यकालमा खेलकूद र खेलाडीको हितमा उदाहरणीय काम गर्ने बताउनुभयो ।

श्रेष्ठलाई नेपाल ब्याडमिन्टन सङ्घले राखेपको सदस्यमा मनोनयन गर्न युवा तथा खेलकूद मन्त्रालयलाई सिफारिस गरेको थियो । साउन १५ गते मन्त्रालयले श्रेष्ठसहित ६ जनालाई राखेपको सदस्यमा मनोनयन गरेको थियो । श्रेष्ठ ब्याडमिन्टन सङ्घका उपाध्यक्षसमेत हुन् ।

सो अवसरमा सङ्घका अध्यक्ष रामजीबहादुर श्रेष्ठको मनोनयनले खेलकूद क्षेत्रलाई फड्को मार्न मद्दत पुग्ने बताउनुभयो । ब्याडमिन्टनमा पूर्वखेलाडी श्रेष्ठ अढाइ दशकयता ब्याडमिन्टन सङ्घमा आबद्ध हुनुहुन्छ । उहाँ ४५ वर्षभन्दा बढी उमेर समूहको डबल्सतर्फको पूर्वच्याम्पियन पनि हुनुहुन्थ्यो । श्रेष्ठले स्विडेन र भारतमा सम्पन्न मास्टर्स ब्याडमिन्टन च्याम्पियनसिपसमेत खेल्नुभएको थियो ।

0 0 vote
Article Rating

LEAVE A COMMENT

guest
0 Comments
Inline Feedbacks
View all comments