काठमाडौं : कोरोना भाइरसबाट थप २ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार पुष्टि भएका दुईजनासहित मृत्यु हुनेको संख्या ४२ पुगेको हो।
धनुषाका ६० वर्षीय एक पुरुष र ४९ वर्षीया एक चिनियाँ महिलाको कोरोनाबाट मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए।दुवैजनाको उपचारका क्रममा मृत्यु भएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार बुधबार थप १०० जनामा संक्रमण देखिएसँगै कूल संक्रमितको संख्या १८ हजार ०९४ पुगेको छ । पछिल्लो २४ घन्टामा २०७ जनाले कोरोना जितेर घर फर्किएका छन्। योसहित कोरोना जित्नेको कुल संख्या १२ हजार ६ सय ८४ पुगेको मन्त्रालयका प्रवक्ता डा.गौतमले पत्रकार सम्मेलनमा जानकारी दिए।
प्रवक्ता डा. गौतमकाअनुसार पछिल्लो २४ घण्टामा ३ हजार ७ सय ७९ जनाको पीसीआर नमुना परीक्षण भएका छन् । क्वारेन्टाइनमा रहनेको संख्या २० हजार ८४२ पुगेको छ। यस्तै मन्त्रालयका अनुसार आइसोलेसनमा ५ हजार ३ सय ६८ जनाको उपचार भइराखेको छ ।