अमिताभ र अभिषेकलाई कोरोना, दुवै जना अस्पताल भर्ना

काठमाडौं : बलिउडका चर्चित अभिनेता अमिताभ बच्चन र उनका छोरा अभिषेक बच्चनलाई कोरोना पोजिटिभ देखिएको छ । कोरोना संक्रमित भएपछि उनीहरु दुवै जना अस्पताल भर्ना भएका छन् ।
अमिताभले सामाजिक संजालबाट यो कुराको जानकारी दिएका हुन् । ७७ वर्षका बलिउडका सफल अभिनेता अमिताभ बच्चनले आफूलाई विगत १० दिनयता भेट्ने सबैले कोरोना परिक्षण गर्न आग्रह पनि गरेका छन् ।
कोरोना परीक्षणका क्रममा पोजिटिभ रिपोर्ट आएपछि उनलाई मुम्बइको नानावती अस्पतालमा भर्ना गरिएको छ । उनले ट्विट गर्दै लेखेका छन्– ‘मलाई कोरोना पोजिटिभ देखिएको छ । म अस्पतालमा भर्ना भइसकेको छु । मेरो परिवार र स्टाफको पनि कोरोना परीक्षण भएको छ तर रिपोर्ट आएको छैन । पछिल्लो १० दिनदेखि मेरो सम्पर्कमा आउने सबैलाई म कोरोना परीक्षणका लागि अनुरोध गर्दछु ।’
अमिताभ बच्चनलाई कोरोना पोजिटिभ देखिएसँगै उनको परिवारका सम्पूर्ण सदस्यको पनि कोरोना परीक्षण गरिएको थियो ।
परीक्षणका क्रममा अमिताभका छोरा नायक अभिषेक बच्चनलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । नायक अभिषेक बच्चनले सामाजिक संजालमार्फत आफू र आफ्ना पिता अमिताभ बच्चनलाई कोरोना संक्रमण पुष्टी भएको उल्लेख गरेका छन् ।
उनले आफू र पिता अमिताभलाई एउटै लक्षण देखिएपछि अस्पताल भर्ना भएको उल्लेख गरेका छन् । अभिषेकले आफ्नो परिवारका सम्पूर्ण सदस्यको कोरोना परिक्षण र गरिएको बताउँदै नआत्तिन सबैसँग अपिल गरेका छन् ।

0 0 vote
Article Rating

LEAVE A COMMENT

guest
0 Comments
Inline Feedbacks
View all comments