सलहले झण्डै एघार सय हेक्टर कृषि बालीमा क्षति

काठमाडौं : सलह किराले देशभर १ हजार ६३ हेक्टरको खेतीबालीमा क्षति पुर्‍याएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

प्रतिनिधिसभाको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा कृषि सचिव राजेन्द्रप्रसाद भारीले सो जानकारी दिएका हुन् । उनका अनुसार सहले धेरै क्षति मकवानपुर, दाङ, प्युठान र अर्घाखाँचीमा पुर्‍याएको छ ।
सलहले दाङमा ५८० हेक्टर, प्युठानमा २८३ हेक्टर, मकवानपुरमा १ सय हेक्टर र अर्घाखाँचीमा १ सय हेक्टर कृषिबालीमा क्षति पुगेको उनले बताए । सलहले मकै र तरकारीमा बढी क्षति पुगेको मन्त्रालयले जनाएको छ ।

0 0 vote
Article Rating

LEAVE A COMMENT

guest
0 Comments
Inline Feedbacks
View all comments